१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ बैशाख १८ आइतबार ०७:१६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय तह नेतृत्वका लागि भिड्दै छन् युवा विद्यार्थी

Read Time : > 3 मिनेट
२०७९ बैशाख १८ आइतबार ०७:१६:००

उम्मेदवार बन्नेमा एमाले, कांग्रेस, एकीकृत समाजवादीभन्दा माओवादीनिकट विद्यार्थी धेरै 

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा केन्द्रीय तहका विद्यार्थी नेताहरूले बलियो दाबेदारीका साथ उम्मेदवारी प्रस्तुत गरेका छन् । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यमा विद्यार्थी नेताहरूले टिकट पाएर प्रतिस्पर्धा गर्दै छन् । 

एमाले, कांग्रेस र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी नेताहरू स्थानीय तहमा विभिन्न पदका उम्मेदवार भएका छन् । प्राप्त विवरणअनुसार सबैभन्दा धेरै अखिल क्रान्तिकारीका केन्द्रीय स्तरका नेताहरू पालिकामा उम्मेदवार बनेका छन् । एमाले विभाजन भई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीनिकट अनेरास्ववियूका केन्द्रीय कमिटीका धेरै विद्यार्थी नेताले अवसर पाएका छन् । कांग्रेसनिकट नेविसंघमा वर्तमान कार्यसमितिमा अध्यक्ष मात्र छन् । यसअघिका कार्यसमितिमा रहेका नेता पनि थोरैले मात्र पालिकामा टिकट पाएका छन् । 

पालिकामा काम गर्न सक्ने हिसाबले युवाहरू सक्षम भएको पुष्टि भए पनि दलहरूले नयाँ र पुरानालाई स्थान दिनेक्रममा युवा विद्यार्थी नेताको संख्या कम भएको नेताहरूको भनाइ छ । 

राष्ट्रिय युवा परिषद्ले ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन दलहरूलाई आग्रह गरेको थियो । देशमा १६ देखि ४० वर्ष उमेरसमूहका ४०.३५ प्रतिशत युवाको जनसंख्या रहेको र त्यहीअनुसार उम्मेदवार बनाउन युवा परिषद्ले सुझाव दिएको थियो । युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पार्टीहरूले युवा विद्यार्थीलाई उम्मेदवार बनाउने क्रम बढे पनि अझै उत्साहजनक अवस्था नभएको बताए । ‘पुराना उम्मेदवार दोहोरिएका छन्, तर नयाँ विद्यार्थी र युवाको उपस्थिति सन्तोषजनक छैन,’ उनले भने । संविधानको कार्यान्वयन र पालिकाको परिणाम आउने गरी विकास गर्न विद्यार्थी र युवाले अवसर पाउनुपर्ने उनको भनाइ छ । 

अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले विद्यार्थी नेताहरू स्थानीय तहको उम्मेदवारमा सिफारिस धेरै भए पनि टिकट पाउँदा कम भएको बताए । ‘अहिले जतिले पाएका छन्, त्योभन्दा धेरै पाउनुपथ्र्यो,’ उनले भने, ‘अरू पार्टीको तुलनामा एमालेले युवा विद्यार्थीलाई स्थान दिएको र समावेशी बनाएको देखिन्छ ।’ यसअघिको स्थानीय निर्वाचनमा विजयी भएर काम गरेका अनेरास्ववियुका उत्पादनले राम्रो काम गरेका धेरै उदाहरण रहेको उनको दाबी छ । ‘विगतमा अनेरास्ववियुका उत्पादनले सञ्चालन गरेको पालिका हेर्दा धेरै राम्रो गरेको पाइएको छ, त्यसैले पनि युवालाई ठाउँ दिनुपर्छ,’ उनले भने । 

एकीकृत समाजवादीनिकट अनेरास्ववियूका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले भने धेरैले स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारको टिकट पाएका छन् । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्थानीय तहमा उम्मेदवार बन्न आकांक्षी ९५ प्रतिशतले अवसर पाएको बताए । पदाधिकारीको विवरण आए पनि केन्द्र्रीय सदस्य कतिले अवसर पाए भन्ने विवरण संकलन भइरहेको उनले बताए । 

कांग्रेसनिकट नेविसंघका विद्यार्थीहरू कमैले अवसर पाएका छन् । नेविसंघको कार्यसमितिमा अध्यक्ष दुजाङ शेर्पा मनोनीत भए पनि अहिले केन्द्रीय कमिटीले पूर्णता पाएको छैन । नेविसंघका केही जिल्ला कमिटीमा आबद्धहरूले पालिकाको उम्मेदवार बन्ने अवसर पाएका छन् । बाँकेका नेविसंघका जिल्ला अध्यक्ष पूर्णप्रसाद आचार्य कोहलपुर नगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् । नेविसंघका पूर्वउपाध्यक्ष आनन्द त्रिपाठीले भानु नगरपालिकाको मेयरको टिकट पाएका छन् । पूर्व केन्द्रीय सदस्य मेघा शाही जितपुर–सिमरा उपमहानगरपालिकाको उपमेयर बनेकी छन् ।

नेविसंघबाट तीन विद्यार्थी नेता उम्मेदवार
- पूर्वउपाध्यक्ष आनन्द त्रिपाठी, मेयर, भानु नगरपालिका तनहुँ 
- पूर्वकेन्द्रीय सदस्य मेघा शाही, उपमेयर, जितपुर–सिमरा उपमहागर, बारा 
- बाँके जिल्ला अध्यक्ष पूर्णप्रसाद आचार्य, मेयर, कोहलपुर नगरपालिका 

अखिलको केन्द्रीय कमिटीबाट १३ विद्यार्थी नेता उम्मेदवार

- स्थायी कमिटी सदस्य डम्बर बिसी, तुर्माखाद गाउँपालिका, अध्यक्ष अछाम
- स्थायी कमिटी सदस्य अस्मिता थापा,  लिखु गाउँपालिका, उपाध्यक्ष, ओखलढुंगा
- स्थायी कमिटी सदस्य समीपबाबु खान, मेयर उम्मेदवार– मलंगवा नगर, सर्लाही
- सचिव एलबी सिंह लोकेन्द्र, अध्यक्षका उम्मेदवार – खप्तड छान्ना गाउँपालिका 
- केन्द्रीय सदस्य अमर जोशी, उपप्रमुखका उम्मेदवार – बझाङ, बुङल नगरपालिका 
- केन्द्रीय सदस्य रुपा कठायत, दीपायल नगरपालिका उपमेयरका उम्मेदवार, डोटी
- स्थायी कमिटी सदस्य अभिषेक सुवेदी,  तामाकोसी गाउँपालिका, अध्यक्ष दोलखा
- सचिवालय सदस्य हिम्मत खड्का, ताजाकोट गाउँपालिका–१ का वडाध्यक्ष
- सचिवालय सदस्य अमित महर, वडाध्यक्ष बझाङ 
- सचिवालय सदस्य शंकर गौतम, रामपुर गाउँपालिका–७ का वडाध्यक्ष, पाल्पा
- सचिवालय सदस्य भरत कोने गुरुङ, अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष, कास्की
- सचिवालय सदस्य निरकबहादुर शाही, वडाध्यक्ष, तुर्माखाद गाउँपालिका, अछाम
- रुकुम जिल्ला अध्यक्ष प्रकाश खड्का, उपाध्यक्ष, सानीभेरी गाउँपालिका 

एकीकृत समाजवादीनिकटअनेरास्ववियुबाट आठजना
- केन्द्रीय उपाध्यक्ष माधव पन्त, उपमेयर, शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर
- उपमहासचिव कल्याण दाहाल, उपप्रमुख बैतेश्वर पाउँपालिका, दोलखा
- उपमहासचिव दीपक फुयाल, मालुङ गाउँपालिका वडाध्यक्ष, ओखलढुंगा
- केन्द्रीय सचिव मनीषा कार्की, मेयर, चामुण्डा नगरपालिका, दैलेख
- स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने, अध्यक्ष, पैयु गाउँपालिका, पर्वत
- स्थायी कमिटी सदस्य छवि भट्टराई, मेयर देवदह नगरपालिका, रुपन्देही
- स्थायी कमिटी सदस्य विकास रेग्मी, महाशिला गाउँपालिका– ४ वडाध्यक्ष
- स्थायी कमिटी सदस्य कल्पना सापकोटा, अध्यक्ष, गाउँपालिका, म्याग्दी

अखिल (क्रान्तिकारी) बाट उम्मेदवार बनेका ३५ विद्यार्थी नेता

प्रदेश १
- प्रदेश समिति उपाध्यक्ष योगेश भट्टराई मेन्छयायम गाउँपालिका, उपाध्यक्ष, तेह्रथुम 
- प्रदेश समिति उपाध्यक्ष शंकर तिमल्सिना, लिखु गाउँपालिका–८ सदस्य, ओखलढुंगा 
- प्रदेश समिति प्रमुख सचिव जिसस न्यौपाने, विराटनगर महानगरपालिका–४ वडाध्यक्ष, मोरङ
- केन्द्रीय समिति सदस्य पदम रखाल मगर उमहालक्ष्मी नगरपालिका–२, वडाध्यक्ष,  धनकुटा 
- प्रदेश समिति सदस्य अहेसान अन्सारी, बर्जु गाउँपालिका–५ वडाध्यक्ष,  सुनसरी 
- जिल्ला समिति सदस्य इम्रान मन्सुरी, बर्जु गाउँपालिका–६ वडाध्यक्ष, सुनसरी 
- जिल्ला समिति सदस्य रेवतीप्रसाद प्याकुरेल, इटहरी उप–महानगरपालिका–१३ सदस्य, सुनसरी 
- जिल्ला समिति सदस्य खगेन्द्र नेपाल, मोलुङ गाउँपालिका–२ सदस्य, ओखलढुंगा

मधेस प्रदेश 
- रामेश्वर यादव– जिल्ला उपाध्यक्ष महादेवा गाउँपालिका–१ वडाध्यक्ष, सप्तरी
- सचिन कुशाहा– जिल्ला उपाध्यक्ष गढीमाई नगरपालिका– मेयर, बारा

गण्डकी प्रदेश 
- प्रविणा अधिकारी– केन्द्रीय उपाध्यक्ष माछापुच्छ्रे गाउँपालिका, कास्की– उपप्रमुख
- शरण विक – जिल्ला अध्यक्ष कास्की अन्नपूर्ण गाउँपालिका– ८ वडाध्यक्ष
- रेशम कटुवाल –जिल्ला अध्यक्ष/केन्द्रीय सदस्य, म्याग्दी रघुगंगा गाउँपालिका–३ वडाध्यक्ष
- अरविन्द भट्टराई – केन्द्रीय सदस्य बन्दिपुर गाउँपालिका–४, वडाध्यक्ष, तनहुँ
-सुसन ताम्राकार – केन्द्रीय सदस्य पुतलीबजार नगरपालिका–१ वडाध्यक्ष, स्याङ्जा

लुम्बिनी 
- केन्द्रीय सचिव – सुमन श्रेष्ठ, प्युठान नगरपालिका–३, वडाध्यक्ष  
- लुम्बिनी प्रदेश अध्यक्ष – घनश्याम खरेल, चन्द्रकोट गा.पा.– १ वडाध्यक्ष, गुल्मी 
- लुम्बिनी प्रदेश उपाध्यक्ष –रुपेन्द्र मल्ल, सिस्ने गा.पा.–६

वडाध्यक्ष, रुकुम 
- केन्द्रीय सदस्य –निमराज खनाल, ठाकुरबाबा न.पा.–१ वडाध्यक्ष, बर्दिया 
- केन्द्रीय सदस्य – रेशम अधिकारी, बासगढी न.पा.–५ वडाध्यक्ष, बर्दिया 
- केन्द्रीय सदस्य –हरिशचन्द्र खनाल, कपिलवस्तु न.पा., वडा सदस्य
- लुम्बिनी प्रदेश सदस्य –भीम लुङ्गेली, सदस्य –माछागढी गा.पा. ७, पाल्पा 
- सहसचिव – मानवविक्रम क्षेत्री, बर्दाघाट न.पा.–१२, सदस्य, परासी

कर्णाली प्रदेश 
-अम्मरराज शाही – केन्द्रीय उपाध्यक्ष, हिमा गाउँपापालिका – अध्यक्ष, जुम्ला

विशेष प्रदेश 
- यमुना पुडासैनी – केन्द्रीय प्रतिनिधि, टोखा नगरपालिका, उपमेयर, काठमाडौं 
- प्रदीप तज – जिल्ला अध्यक्ष, सूर्यविनायक नगरपालिका, भक्तपुर–५ वडा सदस्य
- भूपेन्द्र कट्टेल– केन्द्रीय प्रतिनिधि, नेचासल्यान गाउँपालिका, अध्यक्ष, सोलुखुम्बु 
- जगदीश शाही – केन्द्रीय सदस्य, चामुण्डाबिन्द्रासैनी नगरपालिका, मेयर, दैलेख

सुदूरपश्चिम प्रदेश
बाजुरा

- दिपक डिसी – प्रदेश अध्यक्ष, खप्तड छेडेदह गाउँपालिका–  ३ वडाध्यक्ष
- पारस बुढा – केन्द्रीय सदस्य, त्रिवेणी नगरपालिका – ६ वडाध्यक्ष 
- नरबहादुर बुढा –प्रदेश सदस्य, बुढीगंगा नगरपालिका – १० वडा सदस्य
- वीरेन्द्र विष्ट– केन्द्रीय सदस्य, भीमदत नगरपालिका – १८ वडाध्यक्ष 
- किरण अधिकारी– जिल्ला उपाध्यक्ष, आदर्श गाउँपालिका डोटी – ५ वडाध्यक्ष 
- रामचन्द्र रोकाया – केन्द्रीय सदस्य, मास्ट गाउँपालिका बझाङ – १ वडाध्यक्ष
- दमन धामी – जिल्ला उपाध्यक्ष, पुर्चौडी नगरपालिका बैतडी –४ वडा सदस्य