Skip This
एक्स्काभेटर दुर्घटना हुँदा सल्यानमा दुईजनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Tuesday, 13 May, 2025
२o७९ बैशाख ११ आइतबार १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक्स्काभेटर दुर्घटना हुँदा सल्यानमा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार १२:४२:oo

सडक खन्दै गरेको एक्स्काभेटर दुर्घटना हुँदा सल्यानमा दुईजनाको मृत्यु भएको छ। जिल्लाको बाग्चौर नगरपालिका– ६ सिमखोलीस्थित मनिपोले–जामुनेचौर सडक खन्दै गर्दा रा.१ क ७१९ नम्बरको एक्स्काभेटर शनिबार राति दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङको बबई गाउँपालिका– ४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेश्वरी गाउँपालिका– १ दमाचौर घर भएका १८ वर्षीय चित्रबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए। उनका अनुसार चालक खत्रीको घटनास्थलमै र सहचालक विकको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो।

एक्स्काभेटर सडकदेखि करिब ३० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनास्थलको जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।