१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Monday, 23 June, 2025
सोनिया गान्धी
२o७९ बैशाख ५ सोमबार o७:११:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

तहसनहसकारी  ‘घृणा भाइरस’

सत्तारुढ संस्थापन पक्ष भारतीय जनता एक–अर्कासँग लडिरहून् भन्ने चाहन्छ र शत्रुताको बललाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रोत्साहन गरिरहेको छ

Read Time : > 2 मिनेट
सोनिया गान्धी
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार o७:११:oo

के भारत स्थायी ध्रुवीकरणकै अवस्थामा रहने हो ? आफ्नो स्वार्थका लागि सत्तारुढ संस्थापन स्पष्ट रूपमा भारतका नागरिक ध्रुवीकृत नै भइरहून् भन्ने चाहन्छ । चाहे त्यो पोसाक, भोजन, आस्था, चाडपर्व होस् वा भाषा, सत्तारुढ संस्थापन भारतीय जनता एकअर्कासँग लडिरहून् भन्ने चाहन्छ र शत्रुताको बललाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रोत्साहन गरिरहन्छ । प्राचीन होस् वा समकालीन इतिहासलाई निरन्तर रूपमा पूर्वाग्रह, शत्रुता र बदलाको भाव पैदा गर्ने गरी व्याख्या गरिन्छ । विडम्बना ! देशको उज्यालो भविष्य बनाउन र युवालाई उत्पादनमूलक कार्यमा संलग्न गराउन हाम्रा स्रोतसाधनको उपयोग गर्नुको सट्टा वर्तमानलाई काल्पनिक विगतमा परिणत गर्ने प्रयासमा समय र बहुमूल्य सम्पत्तिको प्रयोग भइरहेको छ ।

भारतको विविधतालाई लिएर प्रधानमन्त्रीले धेरैपटक बोलेका छन् । तर, कठोर सत्य के हो भने हाम्रो समाजलाई शताब्दीयाैँदेखि परिभाषित र समृद्ध बनाउँदै आएको यो विविधतालाई हालको सत्ता हामीलाई विभाजन गर्न र अझै भन्ने हो भने विविधताबीचको दरारलाई बलियो बनाउँदै शत्रुता फैलाउन उद्यत् देखिन्छ ।

धनको पुनर्वितरण, जीवनस्तरमा परिवर्तन ल्याउन र महŒवपूर्ण रूपमा समाज कल्याणका कार्यक्रम एवं युवालाई रोजगारी दिन उच्च आर्थिक वृद्धि कायम राख्नुपर्ने सर्वमान्य विषय नै हो । तर, सामाजिक उदारताको खस्किँदो स्थिति, धार्मिक पाखण्ड, घृणा र विभाजनको विस्तारले आर्थिक वृद्धिको आधारलाई प्रभावित गरेको छ । नतिजा भारतकै उद्यममा गतिशील मानिने कर्णाटकमा जे मञ्चन गरिएको थियो, त्यसविरुद्ध केही साहसी कर्पोरेट अगुवाले बोलेका छन् । 

घृणाको बढ्दो नाच, आक्रामकताको सुषुप्त उक्साहट र अल्पसंख्यकविरुद्धका अपराध हाम्रो समाजको समन्वयात्मक परम्परामुताबिक छैनन् । साझा चाडपर्वका उत्सव, विभिन्न आस्थाका समुदायबीचको असल छिमेकीको सम्बन्ध, हजारौँ उदाहरण दिन सकिने कला, सिनेमा र दैनिक जीवनमा आस्था र विश्वासको व्यापक मिलन युगौँदेखिका हाम्रो समाजका गौरव र दिगो विशेषता हुन् । संकीर्ण राजनीतिक लाभका लागि समाजको गौरव र दिगो विशेषतालाई कमजोर पार्नु भनेको भारतीय समाज र राष्ट्रको समग्र एवं समन्वयात्मक आधारलाई कमजोर पार्नु हो । 

भारतलाई स्थायी उन्मादको स्थितिमा राख्ने यो विशाल विभाजनकारी योजनामा धेरै थोक घातक छ । सत्तामा रहेकाको विचारको विरोध गर्ने सबै असहमति र विचारलाई निर्ममतापूर्वक दबाउन खोजिएको छ । राजनीतिक प्रतिद्वन्द्वीलाई निसाना बनाइँदै छ, अर्थात् राज्य संयन्त्रको सबै शक्ति प्रतिद्वन्द्वीविरुद्ध प्रहार गरिँदै छ । अभियन्तालाई धम्की दिइँदै छ र उनीहरूलाई चुप लगाउने प्रयास गरिँदै छ । सामाजिक सञ्जाल विशेषतः झूट र विषाक्तता प्रचार गर्न प्रयोग गरिएको छ । डर, छल र धम्की तथाकथित ‘अधिकतम शासन, न्यूनतम सरकार’ रणनीतिको स्तम्भ बनेको छ । नरेन्द्र मोदी सरकारले सन् १९४९ मा संविधानसभाले हाम्रो संविधान पारित गरेको दिन २६ नोभेम्बरलाई संविधान दिवसका रूपमा मनाउने अभ्यास सुरु गरेको छ । तर, सरकारले हरेक संवैधानिक संस्थालाई नियोजित ढंगले कमजोर बनाउँदै संविधानलाई ढोग्नु एक नग्न पाखण्ड हो ।

हामी विश्वव्यापी रूपमा कत्तिको विशेष देखिन्छौँ भन्ने निर्धारण हामी घरमा कति समावेशी छौँ भन्नेले गर्नेछ न कि नाराले । मुलुकका जुनसुकै ठाउँबाट आएका घृणायुक्त भड्काउ भाषणविरुद्ध स्पष्ट र सार्वजनिक रूपमा बोल्न प्रधानमन्त्रीलाई केले रोकेको छ ? 

वैकल्पिक दृष्टिकोणलाई स्वागत गरिने सशक्त बहस, छलफल र अन्तत्र्रिmया अब विगत भइसकेको छ । हामी बहस र छलफलका मामिलामा गरिब भएका छौँ । प्राज्ञिक क्षेत्र पनि कुनै वेला नयाँ विचार प्रक्रियालाई प्रोत्साहन गर्ने भएकाले सम्मानित थियो, तर विश्वका अन्य भागका प्राज्ञिक क्षेत्रसँग अन्तत्र्रिmया गर्दा पनि निगरानीको अवस्थामा छ । आस्थाको अपमान र सिंगो समुदायको निन्दा गर्ने चलन सामान्य बन्दै गएपछि विभाजनकारी राजनीतिले कार्यस्थल मात्रै नभई छिमेक र जनताको घरघरमा समेत असर गर्न थालेको छ । हाम्रा नागरिकको छनोटका आधारमा हुने घृणा यो मुलुकले पहिले कहिल्यै देखेको थिएन ।

हाम्रो यो अद्भूत भूमि विविधता, बहुलता र सिर्जनात्मकताको घर हो र यसले विश्व चर्चित महान् व्यक्तित्वलाई जन्म दिएको छ । यसो हुनुमा अहिलेसम्मको उदार वातावरण र समावेशिता, अनुकूलन र सहिष्णुताको भावनाले महŒवपूर्ण भूमिका खेलेको छ । एक बन्द समाज, जसले नियन्त्रित विचारलाई प्रोत्साहित गर्छ, त्यहाँ नयाँ विचार प्रवाहित हुने अपेक्षा गर्न सकिँदैन । एक नियन्त्रित दिमाग उर्वर वा नवपरिवर्तनीय हुने सम्भावना निकै कम हुन्छ । 

आज हाम्रो मुलुकलाई घृणा, धार्मिक पाखण्ड, असहिष्णुता र असत्यको प्रलयले घेरेको छ । यसलाई हामीले अहिले नै रोकेनौँ भने हाम्रो समाजमा निको नहुने गरी चोट लाग्नेछ । प्रस्ट रूपमा हामीले यसलाई जारी रहन दिनु हुँदैन । हामी जनता नक्कली राष्ट्रवादको अचानोमा शान्ति र बहुलवादको बलि चढेको हेर्न सक्दैनौँ । भारतीय राष्ट्रवादका व्याख्याता कवि गुरुदेव रवीन्द्रनाथ टेगौरको सबैभन्दा मन पराइने र पढिने पंक्ति ‘जहाँ मनमा भय हुँदैन, त्यहाँ शिर ठाडो हुन्छ’ आजको समयमा सबैभन्दा सान्दर्भिक छ । हाम्रा पुर्खाले दुःखसाथ निर्माण गरेको यो भूमिलाई ध्वस्त पार्ने गरी फैलिन खोजेको यो घृणाको सुनामीलाई रोकौँ ।  द इन्डियन एक्सप्रेसबाट