१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार १८:o६:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एमालेबाट निर्वाचित सदस्यहरू अनुपस्थित भएपछि पनौतीको नगरसभा स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १८:o६:oo

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाको नगरसभाको १७औँ अधिवेशन स्थगित भएको छ। नेकपा एमालेबाट निर्वाचित उपमेयरसहितको नगरसभा सदस्यहरू अनुपस्थित भएपछि अधिवेशन स्थगित भएको हो।

सोमबार भएको नगरसभामा उपप्रमुख गीता बञ्जरासहित नेकपा एमालेबाट निर्वाचित ७ जना वडाध्यक्ष र सदस्यहरू अनुपस्थित भएपछि गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख तथा सभाध्यक्ष रामशरण भण्डारीले बुधबारसम्मको लागि सभा स्थगित भएको घोषणा गरेका हुन्। सोमबार बिहान ११ बजेदेखि नगरसभाको १७औँ अधिवेशन सुरु हुने कार्यतालिका थियो।

दिउँसो ४ बजेसम्म सभामा उपमेयरसहित नगरसभा सदस्यहरू अनुपस्थित भएपछि स्थगित भएको नगरप्रमुख भण्डारीले बताए। नगरसभाको अधिवेशनको लागि विधि र प्रक्रिया पूरा गरिसकेको भए पनि नगर उपप्रमुखसहित सभा सदस्यहरूको अनुपस्थितले सभा स्थगित गर्न बाध्य भएको भण्डारीको भनाइ छ।

‘हामीले नगरसभाको १७औँ अधिवेशनको विधि र प्रक्रिया पूरा गरीसकेका थियौँ, तर अन्तिमसम्म पनि गणपूरक संख्या नपुगेको हुनाले बुधबार ११ बजेसम्मको लागि सभा स्थगित गर्न बाध्य भएँ,’ नगरप्रमुख भण्डारीले भने, ‘विपतपछिको पुनर्निर्माण, पुनर्बास, खानेपानीलगायत जनताको प्रत्यक्ष लाभाको विषयमा सम्बोधन गरेर बजेट ल्याउन लागेका थियौँ।’

उपप्रमुख गीता बञ्जरा भने कार्यकक्षमै थिइन्। अधिवेशन स्थगितको विषयमा प्रश्न गर्दा, कार्यपालिकामा भएको सहमतिभन्दा ४ करोडभन्दा बढी बजेट थप भएर आएपछि बैठकमा सहभागी नभएको प्रतिक्रिया दिइन्।

नगरपालिका स्रोतका अनुसार नगरपालिकामा बचेको ३६ करोड स्रोतमध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति थियो। बाँकी रहेको २४ करोडमध्ये विपत्, पुनर्वास, खानेपानी, बसपार्कलगायतका नगर गौरवका केही योेजनामा ५ करोड विनियोजन गरेर बाँकी साढे ९ करोड प्रमुख र उपप्रमुखले विनियोजन गर्ने सहमति भएको थियो। तर, पछि नगर गौरवका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेकी थिइन्।

६२ सदस्यीय नगरसभामा प्रमुखसहित ४ वडाअध्यक्ष र सदस्य गरी जम्मा २१ जना नेपाल कांग्रेसबाट र १ वडाध्यक्ष एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित भएका थिए।

पनौती नगरपालिकाको नगरसभाको अधिवेशन स्थगित भएको यो नै पहिलो भने होइन। बहुमत भएको भन्दै एमालेले पनौतीको नगरसभामा प्रत्येक वर्ष ‘बखेडा’ गर्दै आएको छ।