१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मञ्जु टेलर नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालमा लक्षित वर्गको ८३.१ प्रतिशतमा पूर्ण खोप

चैत मसान्तसम्म लक्षित वर्गको उमेर समूहमा शतप्रतिशत खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा भएन

Read Time : > 2 मिनेट
मञ्जु टेलर, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२५:oo

कोभिड नियन्त्रण र रोकथामका लागि सरकारले ०७८ चैत मसान्तसम्म लक्षित वर्गको उमेरसमूहमा शतप्रतिशतमा पूर्ण खोप लगाउने लक्ष्य लिएको थियो । तर, चैत मसान्तसम्म वयस्क १७ प्रतिशत र २५ प्रतिशत बालबालिका अझैसम्म खोपको पहुँचभन्दा बाहिर छन् । यस अवधिमा ८३.१ प्रतिशत वयस्क र ७५ प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा लगाएका छन् । यसले सरकारले घोषणा गरेको अभियान पूरा नभएको देखिएको छ । 

तर, सरकारले भने खोप पर्याप्त मात्रामा उपलब्ध भएकाले खोप कार्यक्रम लगभग सफल भएको जनाएको छ । सरकारले कोभिडविरुद्धको खोप लगाउने लक्ष्यनजिक पुगेको र खोप लगाउन बाँकी रहेकाले नजिकको खोप केन्द्र गएर लगाउनसमेत आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार एक सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार नौ सय ६ ले खोपको एक मात्रा लगाएका छन् । एक करोड ६५ लाख ६३ हजार तीन सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएको मन्त्रालयले जनाएको छ । 
लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार चार सय आठजना बालबालिकामध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार चार सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् । २५ लाख ८४ हजार तीन सय २६ अर्थात् लक्षित संख्याको ७५ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएको सरकारी तथ्यांक छ । यसबाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको छ । देशभर हालसम्म उपलब्ध पाँच करोड ३३ लाख ८१ हजार पाँच सय ७० डोज खोपमध्ये चार करोड पाँच लाख ८५ हजार ५ सय ५७ डोज प्रयोगमा आएको छ । 

गर्मीमा कोभिडका सामान्य लक्षण बेवास्ता नगरौँ : चिकित्सक

ओमिक्रोनको नयाँ भेरियन्ट एक्स–ई फैलिएसँगै केही समयको अन्तरालमा संक्रमणको अर्को लहर फैलिने आकलन गरिएको छ । एक्स–ई संक्रमण फैलिएका स्थानमा कोभिड संक्रमण पुनः उकालो लागेको छ । तर, अधिकांशमा कोभिडविरुद्धको खोपको प्रयोग र संक्रमणबाट भएको एन्टिबडी उत्पादनका कारण गम्भीर समस्या ननिम्त्याउने चिकित्सकहरूको भनाइ छ ।

संक्रमण सामान्य अवस्थामा फर्किंदै गए पनि जोखिम भने अझैसम्म कायमै छ । शरीरमा प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरूमा कोभिड संक्रमणको जोखिम रहने भएकाले सामान्य लक्षणमा समेत ध्यान दिन जरुरी रहेको चिकित्सकहरूको भनाइ छ । गम्भीर समस्या देखिएपछि मात्र परीक्षण तथा उपचारमा जाने प्रवृत्तिका कारणसमेत संक्रमणको जोखिम बढी हुने अध्ययनले देखाएको छ । 

सामान्यतया गर्मी मौसममा इन्फ्लुएन्जा र अन्य फ्लुका लक्षण समान हुने भएकाले कोभिड संक्रमण सजिलै छुट्याउन नसकिने बताउँछन्, डा. पुन । ‘संक्रमणको तेस्रो वर्षसम्म व्यक्तिपिच्छे लक्षण र गम्भीरता फरक हुने पुष्टि भइसकेकाले सामान्य लक्षण पनि व्यक्तिअनुसार फरक पर्छन् । अन्य फ्लु र कोभिडका अधिकांश लक्षण समान हुने भएकाले गर्मी मौसममा ख्याल राख्न भने जरुरी छ,’ उनले भने ।

हालसम्म कोभिडका सामान्य लक्षणमा रुघा, खोकी, टाउको दुखाइ, कमजोरीपन, घाँटी दुखाइ, मांसपेशी दुखाइ र ज्वरो मानिएको छ । यस्ता लक्षण कतिपयमा केही समयपछि आफैँ निको भएर जाने भए पनि कमजोर एन्टिबडी हुने व्यक्तिमा गम्भीर रूप लिन्छन् । तसर्थ, गर्मी मौसमसँगै फ्लुसँग सम्बन्धित सामान्य लक्षणमा समेत ध्यान दिन आवश्यक रहेको चिकित्सकहरू बताउँछन् । 

थप नौजनामा संक्रमण

नेपालमा थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४३ जनामा परीक्षण गर्दा नौजनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या चार सयजना छन् । पछिल्लो समय ४४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या नौ लाख ६६ हजार तीन सय तीन पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शून्य संक्रमित हुने जिल्ला १७ पुगेका छन् । मन्त्रालयका अनुसार ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरामा संक्रमितको संख्या शून्य छ । हाल होम आइसोलेसनमा ३८२, संस्थागत आइसोलेसनमा १८, आइसियूमा नौ र भेन्टिलेटरमा एकजनाको उपचार हुँदै छ ।
 

ad
ad