१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी वरीयतामा दीपेन्द्र शीर्ष १० भित्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o२:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेसन क्रिकेट काउन्सिल (आइसिसी) ट्वान्टी २० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आइसिसीले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् ।

दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरमध्ये आइसिसीको सबैभन्दा उच्च स्थान हो । यसअघि यो उपलब्धि नेपाली टोलीका पूर्वकप्तान पारस खड्काको नाममा थियो । पारसले ट्वान्टी २० अलराउन्डर वरीयताको २५औँ स्थान हासिल गरेका थिए ।

घरेलु मैदानमा सम्पन्न त्रिदेशीय शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् । यस्तै, ट्वान्टी २० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । अघिल्लो साता वरीयताको ३७औँ स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८औँ स्थानमा छन् ।

यस्तै, ट्वान्टी २० बलिङ वरीयताको शीर्ष सयभित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनाश बोहरा ८६औँ स्थानमा छन् । ट्वान्टी २० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६औँ र दीपेन्द्र ३८औँ स्थानमा छन् । ब्याटिङ वरीयताको शीर्ष सयभित्र अटाएका आसिफ ९९औँ स्थानमा छन् । एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८औँ स्थानमा छन् ।

ad
ad