१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १७ बिहीबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केयूका विद्यार्थीद्वारा विद्यालयमा शैक्षिक, प्राविधिक सामग्री हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १८:५३:oo

काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतका विद्यार्थीले पर्वतको एक विद्यालयमा शैक्षिक तथा प्राविधिक सामग्री हस्तान्तरण गरेका छन्। सोसल एक्सपिरियन्स प्रोजेक्टअन्तर्गत उनीहरूले पर्वतको श्री जनक माविमा विभिन्न शैक्षिक क्रियाकलाप गर्दै शैक्षिक सामग्री प्रदान गरेका हुन्। 

उनीहरूले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई २ सय थानभन्दा बढी कपी प्रदान गरेको केयूकी विद्यार्थी सविना चापागाईंले बताइन्। यस्तै एक थान प्रजेक्टर, स्यानेटरी प्याडको भेन्डरिङ मेसिन र इन्डोर आउट डोरका खेलकुद सामग्री विद्यालयलाई प्रदान गरेका छन्। 

सो अवसरमा उनीहरूले विद्यार्थीसँग मेन्सुरेसन अवार्नेससम्बन्धी अन्तर्क्रिया र विभिन्न शैक्षिक क्रियाकलाप र विद्यार्थीबीच चित्रकला प्रतियोगितासमेत गरेका थिए।  विद्यार्थीहरूलाई कुस्मा नगरपालिका वडा नं १०,नेपाल बैंक लिमिटेड, दोर्जे कापी र रियन्डा विज सर्भले सहयोग गरेको थियो। कार्यक्रममा वडा नं १० का अध्यक्ष सुजन विक, विद्यालयका प्रधानाध्यापक टेकनाथ अधिकारीलगायत अभिभावकहरूको उपस्थिति रहेको थियो।