Skip This
‘पिर’बारे प्रकाश सपुतकाे स्पष्टीकरण– भिडियोमा माओवादी आन्दोलनलाई परिवर्तनको जस दिइएको छ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ३० सोमबार १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘पिर’बारे प्रकाश सपुतकाे स्पष्टीकरण– भिडियोमा माओवादी आन्दोलनलाई परिवर्तनको जस दिइएको छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार १३:२९:oo

गायक प्रकाश सपुतले केही दिनअघि सार्वजनिक आफ्नो गीत पिरमा माओवादी जनयुद्ध र आन्दोलनलाई गलत नअर्थ्याइएको प्रस्टीकरण दिएका छन्। गायक सपुतले फेसबुकमार्फत उक्त भिडियोमा बरु माओवादीका कारण भएको व्यवस्था परिवर्तनको जस दिइएको बताएका छन्।

‘भिडियोलाई फेरि एकपटक अक्षरशः हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ,’ उनले लेखेका छन्,  ‘भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले  यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युद्ध/आन्दोलन/ गणतन्त्र/स्वतन्त्रताको अपमान हुने हो कि ?’

एउटै  गीतमा सबै दृष्टिकोण अटाउन नसकिने उल्लेख गर्दै उनले प्रतीकात्मक रूपमा राखिएका दृश्यलाई राजनीतीकरण नगर्न आग्रह गरेका छन्। प्रतीकात्मक रूपमा राखिएका त्यस्ता दृश्यहरूले कसैको आत्मसम्मानमा असर परेको भए आफूले आत्मालोचना गर्ने उनले बताएका छन्।

गीतको समग्र विषयमा सत्यता रहेको भन्दै नेतृत्वपंक्तिले नै स्विकारिसकेकाले यसलाई कलाको दृष्टिकोणले हेर्न उनले आग्रह गरेका छन्। यसअघि आजै मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीबाट प्रकाश सपुतको गीतमा आपत्ति जनाउनु नपर्ने बताएका थिए।