१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिमराही र चपुरमा आइएमई मोटर्सको सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१६:oo

आइएमई ग्रुपअन्र्तगत सञ्चालित आइएमई मोटर्स प्रालिले दुई नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले उदयपुरको कटारी बजारनजिक सिमराही र चन्द्रनिगाहपुर नगरपालिकामा सोरुम सञ्चालनमा ल्याएको हो । 

सुविधासम्पन्न सोरुमबाट अशोक लेलैन्ड गाडीहरूका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस् उपलब्ध हुने जनाइएको छ । शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको अटोमोबाइल कम्पनी अशोक लेलैन्डका क्षेत्रीय प्रमुख तन्मय मित्रले गरेको जनाइएको छ । 

उद्घाटनपछि ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैन्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्रान्ड भएकाले यसमा लगानी गरेको बताए । ग्राहकहरूले ढुक्क भएर अशोक लेलैन्ड गाडीहरूमा लगानी गरेमा बिक्रीपछिको सेवाका लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने उनको भनाइ थियो । 

अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख मित्रले अशोक लेलैन्ड हिन्दुजा समूहअन्तर्गतको ७३ वर्ष भारतको पुरानो दोस्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको बताए । आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैन्डको आक्रामक बजार विस्तार गर्ने उद्देश्य रहेको उनको भनाइ थियो ।

आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरू बिक्रि–वितरण गर्दै आएको जनाएको छ । साथै, आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरू पनि उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ । हाल कम्पनीले १५ सोरुमबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सुविधा दिँदै आएको जनाएको छ ।