मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण २४ मंगलबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिलालाई आर्थिक तथा सामाजिक रूपमा माथि उठाउनुपर्छ : गोकर्ण विष्ट

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण २४ मंगलबार १८:२८:००

पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण विष्टले महिलालाई आर्थिक तथा सामाजिक रूपमा माथि उठाउनुपर्ने बताएका छन् । उनले इस्मा गाउँपालिकाले इस्मा गाउँपालिका २ हस्तिचौरको पालुखा माविमा आयोजित ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बाेधन गर्दै ग्रामीण महिला अधिकारसँगै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेकाले सशक्तीकरण र उद्यम आवश्यक रहेको बताए । 

तीनवटै तहका सरकारले पूर्वाधारलाई प्राथमिकता दिने र सडकलाई मात्रै विकास ठान्ने सोचका कारण सामाजिक सोच र चिन्तनमा परिवर्तन हुन नसकेको उनको भनाइ छ । उनले आफ्नो निर्वाचन क्षेत्रमा निकै मिहिनेत गरेर हेफर प्रोजेक्ट सञ्चालन गरेकाले अहिले स्थानीय तहहरूले परियोजनासँग समन्वय गरेर कृषि र पशुपालनको माध्यमबाट आर्थिक उपार्जनमा जोड्न सकिएको बताए ।