Skip This
निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण २१ शनिबार १५:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार १५:१६:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताए । उनले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिए । 

प्रधानमन्त्री देउवाले कर्मचारीहरूले राजनीतिक आस्थाका आधारमा काम गर्न नहुने बताए । जनताको सेवकका रूपमा कर्मचारीहरूले काम गर्नुपर्ने उनको भनाइ थियो । ‘नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको छ । संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी यसलाई कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘कर्मचारी समायोजनको सन्दर्भमा देखिएका समस्या पारस्परिक छलफलका आधारमा समाधान गरी उनीहरूलाई सन्तुष्ट बनाउने काम गरिनेछ । जनतामा सहज ढंगले सेवा उपलब्ध गराउन पनि म कर्मचारी साथीहरूलाई आग्रह गर्दछु ।’

राजनीतिक नेतृत्वलाई महत्त्वपूर्ण सूचना दिई राज्यको नीति निर्माणमा  कर्मचारी संयन्त्रले महत्त्वपूर्ण भूमिका खेल्ने पनि उनले बताए । उनले कर्मचारीहरू जनताको निरन्तर सम्पर्कमा रहने हुनाले उनीहरूले आफ्नो छविलाई स्वच्छ बनाइराख्नुपर्ने बताए ।