१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १९ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १९ बिहीबार १९:१६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

साहित्यकार पोखरेलको हास्य-निबन्धसंग्रह प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १९ बिहीबार १९:१६:oo

स्रष्टा लेखनाथ पोखरेलको हास्य-निबन्ध ‘चिबे नकटो’ पाठकमाझ आएको छ। केही समयअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’ र कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ ल्याएका पोखरेलको तेस्रो कृति ‘चिबे नकटो’ पाठकमाझ आएको हो।

२८० पेजको यो हास्य निबन्धमा विभिन्न परिवेशका विषय वस्तुलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। कृतिभित्रकै एक हास्य–निबन्ध ‘चिबे नकटो’लाई लिएर पुस्तकको नाम राखिएको छ।

पुस्तकमा ‘हस् हाकिमसाब !, ‘प्रेत लेखक’, ‘भाउँतो पो आइलाग्यो’, ‘कुराउनीको कोसेली’, ‘भिँगटीको रेडियो’, ‘झँक्री बा’, ‘चिबे–नकटो’, ‘बाफरे बाफ !’, ‘भाइचा’, ‘आमाको माइतीघर’, ‘दशा बिग्रिएपछि !’ लगायत २९ वटा हास्य-निबन्ध समेटिएको छ। लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर २९ गुच्छालाई हास्य-निबन्धको मालामा उनेका छन्।

कृतिमा लेखकले आफ्ना बाल्यकालदेखि आजसम्म व्यहोरेका, अनुभूति र समाजभित्रका विकृति र विसंगतिलाई हास्यब्यग्यका मालामा उनेर कृति तयार पारेको साहित्यकार खेमनाथ दाहाल बताए। समाजका विभिन्न घटना र पात्रको प्रत्यक्षदर्शी आफैँ बनेर लेखनलाई अगाडि बढाउने क्रममा हास्य–निबन्ध ‘चिबे नकटो’ कृति तयार भएको स्रष्टा पोखरेलले बताए।