मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ४ बुधबार ०६:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बिमा योजना सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ४ बुधबार ०६:२३:००

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ आइइन्स्योर’ नामक नयाँ जीवन बिमा योजना ल्याएको छ । कम्पनीले बजारको मागअनुसार विभिन्न विशेषता भएको बिमा योजना ल्याएको हो ।  प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्ज्वल भविष्यको परिकल्पना गरेको हुनाले त्यसैअनुसारको योजना ल्याएको कम्पनीले जनाएको छ । न्यून लगानीमा अधिक जोखिम वहन गर्नुका साथै आफूले गरेको लगानीको पनि सुनिश्चितता हुने कम्पनीको दाबी छ ।
 
 विशेषता
नेपाल लाइफ आइइन्स्योर जीवन बिमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बिमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्ने कम्पनीले जनाएको छ । न्यूनतम पाँच वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बिमा अवधि लिन सकिने आइइन्स्योर जीवन बिमामा बिमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष रहेको जनाइएको छ । आफ्नो आम्दानी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बिमाशुल्क भुक्तानी गर्न सकिनेछ । न्यूनतम बिमांक रकम एक लाख रुपैयाँदेखि अधिकतम बिमांक रकम एक करोड रुपैयाँसम्म हुने जनाइएको छ ।
 
 सुविधा    

बिमाशुल्क तिर्ने तरिकाअनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जसअनुसार वार्षिक बिमाशुल्क भुक्तानी तरिका छनोट गर्दा १ प्रतिशत छुट हुने र अर्धवार्षिक बिमाशुल्क भुक्तानी तरिका छनोट गर्दा छुट नहुने जनाइएको छ । त्यस्तै, त्रैमासिक बिमाशुल्क भुक्तानी तरिका छनोट गर्दा ३ प्रतिशत र मासिक बिमाशुल्क भुक्तानी तरिका छनोट गर्दा ६ प्रतिशत थप शुल्क लाग्ने छ । त्यसैगरी, बिमांकका आधारमा समेत छुटको व्यवस्था गरिएको छ । २५ लाख रुपैयाँसम्मको बिमांकमा छुटको व्यवस्था नभएको र त्योभन्दा बढी बिमांकमा बिमाशुल्कको १ प्रतिशत छुट पाउने सुविधा रहेको जनाइएको छ ।

 वार्षिक तीन किस्ता बिमाशुल्क भुक्तानी गर्नुका साथै बिमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात् समर्पण मूल्य प्राप्त गर्न सकिने भए पनि यो बिमा योजनामा कर्जा सुविधा भने नभएको कम्पनीले जनाएको छ । यो योजनामा १८ वर्षदेखिका बिमितले अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकमबराबर एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्ने जनाइएको छ ।