१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १ आइतबार
  • Sunday, 11 May, 2025
२o७८ फाल्गुण १ आइतबार १२:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश दियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १ आइतबार १२:o९:oo

पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ। इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको हो। त्यस्तै त्यहाँ रहेका आफ्ना कूटनीतिक क्षेत्रका कर्मचारीहरूलाई पनि वार्षिक बिदा लिएर घर फर्किन आदेश दिएको छ।

इराकको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो कुराको जानकारी गराएको हो। इराकका अधिकारीहरूले पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले आफ्ना ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी गरेको जनाएको छ।

यसअघि रुसले युक्रेनमाथि हमला गर्न लागेको भन्दै अमेरिका, बेलायतलगायतका देशहरूले आफ्ना दूतावास बन्द गरेर कर्मचारीलाई स्वदेश फर्काएका छन्। तर, युक्रेनमा रुसले आक्रमण गर्ने भन्ने समाचारको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने खण्डन गरेका छन्। उनले बाहिर हल्ला आएजस्तो रुसले युक्रेनमा हमला गर्ने भन्ने समाचार सत्य नरहेको बताउँदै आएका छन्। रासस/सिन्ह्वा