१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २३ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २३ आइतबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चुनाव घोषणा गर्न माग गर्दै सिंहदरबारअगाडि कालो बेलुन उडाएर प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २३ आइतबार १६:५५:oo

राष्ट्रिय युवा संघ नेपालले प्रशासकीय केन्द्र सिंहदरबारअगाडि स्थानीय तहको निर्वाचन घोषणा नभएको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन गरेको छ । 
संघको विशेष प्रदेश कमिटीको अगुवाइमा आइतबार भएको विरोध प्रदर्शनमा सहभागीहरूले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न, मूल्यवृद्धि फिर्ता गर्न, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग फिर्ता गर्न माग गर्दै नारा लगाएका थिए ।

संघका निवर्तमान सचिव तथा प्रचार विभागका प्रमुख महाराज गुरुङले संविधानविपरीत स्थानीय तहलाई रिक्त बनाउने सरकारी षड्यन्त्र भण्डाफोर गर्दै तत्काल चुनावको मिति घोषणाका लागि दबाब दिन त्यस्तो विरोध प्रदर्शन गरिएको बताए । ‘एक हप्तादेखि हामीले नियमितजस्तै विरोध प्रदर्शन गर्दै आएका छौँ, त्यति गर्दा पनि सरकारले माग सुनुवाइ नगरेका कारण सिंहदरबारअगाडि विरोध प्रदर्शन गर्न बाध्य भएका हौँ ।’ गुरुङले भने । 

विरोध प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरू अजित लामा, जयराम लामा र गणेश थापालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई विनासर्त यथाशीघ्र रिहाइ गर्न पनि गुरुङले माग गरेका छन् ।

ad
ad
ad
ad