मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २३ आइतबार
  • Thursday, 18 September, 2025
२o७८ माघ २३ आइतबार १५:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेश चीनको ऋणको जालमा परेको छैन : विदेशमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २३ आइतबार १५:४५:oo

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ‘ऋणको जाल’मा परेको दाबीलाई खारेज गरेका छन्। शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताएकाे सिन्ह्वाले उल्लेख गरेको छ।

समाचारअनुसार मन्त्रीले ‘ऋण जाल चिन्ता’ भनेको चीनको बेल्ट एन्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने तथा बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरूबीचको सहयोगलाई रोक्न गरिएको स्पष्ट प्रयास बताएका छन्। ऋण–जिडिपी अनुपातको सन्दर्भमा मन्त्रीले भने, ‘बंगलादेशको कुल ऋण १५ प्रतिशत वा लगभग १६ प्रतिशतभन्दा बढी छ। कुनै पनि देशको ऋण कुल गार्हस्थ्य उत्पादनको झन्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको भन्ने हुन्छ।’

बंगलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको बताउँदै मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको पाँच प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन।’

मोमेनले कथित अधिकार दुरुपयोगको आरोपमा देशको र्‍यापिड एक्सन बटालियनका अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि यो कदम ‘धेरै दुर्भाग्यपूर्ण’ र ‘तथ्यमा आधारित नभएको’ बताएका छन्। रासस/एएनआई