१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २० बिहीबार १२:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी पास नभए सभामुखमाथि महाभियोग लाउनुपर्छ, कांग्रेसलाई एमालेले साथ दिन्छ : टोपबहादुर रायमाझी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २० बिहीबार १२:३५:००

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रायमाझीले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन कांग्रेसले महाभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन्।

सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको आरोप लगाउँदै उनले यसबारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने बताए। उनले एमसिसीबारे सत्तागठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताएका छन्। सत्ता महागठबन्धनलाई लोभीपापीहरूको झुन्डको संज्ञा दिँदै उनले संसद्को कामकारबाहीलाई सुचारु गर्न सभामुखलाई हटाउँदा राम्रो हुने बताए।

‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । सरकारमा रहेका पार्टीहरू, महागठबन्धनले के गर्छ, त्यो कुरा टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन। सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिवेला हाम्रो पार्टीले निर्णय गर्छ। एमसिसी पास नभए सभामुखमाथि महाभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । किनभने यो सभामुख विधिसम्मत तरिकाले, देशको कानुनसम्मत तरिकाले नचलेको हुनाले हामी साथ दिन्छौँ। हाम्रो विषयमा पनि कुरा छ। हामी निश्चित रूपमा आफ्नो निर्णय गर्‍याैँ । किनभने पार्टी फुटाउने कुरा एमाले र माओवादी बन्नुपर्छ भनेर सर्वोच्चले गर्ने कुरा होइन, पार्टीहरूले गर्ने कुरा हो भन्दा पनि त्यो भयो। त्यसपछि हामीले आफ्नो स्वविवेक प्रयोग गरेका हौँ। यो महागठबन्धन लोभीपापीहरूको एउटा झुन्ड हो। यस्तो सभामुखको काम छैन, सभामुखबाट हटाउँदा राम्रो हुन्छ,’ रायमाझीले भने।