१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मन्त्री रेणुकुमारी यादवको राजीनामा माग्दै प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५५:oo

एमालेनिकट राष्ट्रिय युवा संघ सिराहाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको राजीनामा माग्दै शनिबार गोलबजारमा प्रदर्शन गरेको छ । स्थानीय एबी मलनजिकै भेला भएका युवा संघका नेता कार्यकर्ताले अराजक मन्त्री रेणु यादव राजीनामा दे, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर, किसानलाई मल खाद दे, लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रो हो लगायतका नारा लगाएका थिए ।

जुलुस प्रदर्शनपछि आयोजित कोणसभामा युवा संघका मधेस प्रदेश इन्चार्ज वैद्यनाथ साह, जिल्ला अध्यक्ष इन्द्रेस राउतलगायतले आफूहरूको माग एक साताभित्र सम्बोधन नभए सशक्त सडक आन्दोलन गरिने चेतावनी दिए । कोणसभापछि मन्त्री यादवको पुतला दहन गरेर प्रदर्शनकारी हिँडेपछि पुगेको प्रहरीले आगो निभाएको थियो ।

गत ५ माघमा रौतहटको गौरमा आयोजित बलिदानी दिवसमा सहभागी हुन पुगेकी मन्त्री यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले अवरोध गरेपछि गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । ७ चैत ०६३ मा गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

गठबन्धनको सिन्डिकेटबाट देशलाई मुक्त गर्न संघर्ष : साह
रौतहट–एमाले स्थायी कमिटी सदस्य प्रभु साहले गठबन्धनको नाममा भइरहेको भ्रष्टाचार अन्त्य गर्न र लोकतान्त्रिक प्रक्रियालाई सही ट्रयाकमा ल्याऊन सडक संघर्षमा जानैपर्ने बताएका छन् । रौतहटको देवाहीगोनाही नगरपालिकामा शनिबार आयोजित एमालेको नगरसभामा उनले गठबन्धनको नाममा देशमा बढ्दो राजनीतिक संकट रोक्न पनि आन्दोलन आवश्यक रहेको बताए ।

पाँचदलीय गठबन्धनको सिन्डिकेटबाट देशलाई मुक्त गराउन सडक आन्दोलनको विकल्प नरहेको उनको भनाइ थियो । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सरकारलाई ध्यानाकर्षण गराइरहँदा पनि गठबन्धनकै दबाबका कारण सरकारले कुनै ठोस निर्णय लिन नसक्दा कानुनअनुसार समयमा चुनाव गराउन पनि आन्दोलन जरुरी भएको साहले बताए ।

स्थानीय चुनावमा जानुको सट्टा संविधानको छिद्र खोजेर संविधानको अपव्याख्या गरिरहेका गठबन्धनले आफूअनुकूल निर्वाचन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पार्न अनेक हतकण्डा अपनाइरहेको उनले आरोप लगाए ।

ad
ad