१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १३ बिहीबार o६:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धौलागिरि लघुवित्तको सेयर सन्राइज क्यापिटलले बेच्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार o६:१९:oo

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्नुपर्ने तीन लाख कित्ता साधारण सेयर निष्कासनका लागि कमलपोखरीको सन्राइज क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । निस्कासनसम्बन्धी सम्झौतामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजतपत्र प्राप्त गरी २०७५ साल चैतदेखि वित्तीय कारोबार गर्दै आइरहेको छ । यसले २०७८ साल पुस मसान्तसम्ममा नेपालका २० जिल्लामा ४६ शाखामार्फत कुल एकस य ९१ जना कर्मचारी परिचालन गरी ३४ हजार चार सय ३८ सदस्यलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ । उक्त अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानीतर्फ एक अर्ब ४४ करोड रुपैयाँ, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रुपैयाँ रहेकोमा अन्तरबैंक सापटी ६१ करोड ८० लाख रुपैयाँ रहेको जनाइएको छ ।

हाल चुक्ता पुँजी सात करोड रहेकोमा सार्वजनिक सेयर निष्कासन भएपश्चात् १० करोड रुपैयाँ चुक्ता पुँजी कायम हुने संस्थाले जनाएको छ । हाल जगेडा तथा कोषहरू तर्फ कुल १० करोड ३८ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष ०७७÷०७८ को असार मसान्तसम्ममा वित्तीय संस्थाको वितरणयोग्य मुनाफा दुई करोड ६० लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्म आइपुग्दा उक्त वितरणयोग्य मुनाफा चार करोड नौ लाख रुपैयाँ पुगेको संस्थाले जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ को मसान्तमा प्रतिसेयर आम्दानी ५० रुपैयाँ १२ पैसाभन्दा बढी कायम गरेकोमा पुस मसान्तसम्ममा आइपुग्दा ६१ रुपैयाँ ४५ पैसा प्रतिसेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी दिए ।