१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

द नेपाल डिस्टिलरिजको ‘खुकुरी स्पाइस्ड रम’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:४२:oo

द नेपाल डिस्टिलरिजले आफ्नो उत्पादन खुकुरी रमको नयाँ उत्पादन बजारमा ल्याएको छ । कम्पनीले खुकुरी स्पाइस्ड रम बजारमा ल्याएको हो । 

यो आफ्नो प्रिमियम रम ब्रान्ड ‘खुकुरी’को नयाँ प्रडक्ट रहेको कम्पनीको भनाइ छ । रमका पारखीहरूले ‘खुकुरी ट्रिपल एक्स रम’मा विभिन्न मसलाजन्य पदार्थको मिश्रण गरी त्यसलाई स्पाइस्ड बनाएर पिउने गरेको कम्पनीले जनाएको छ । ग्राहकको सोही चाहनालाई ध्यानमा राखी खुकुरीले उत्कृष्ट सम्मिश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको उल्लेख गरेको छ ।  

यसअघि पनि ‘खुकुरी स्पाइस्ड रम’ जापान र कोरियामा निर्यात हुने गरेकोमा अब भने नेपाली बजारमा पनि उपलब्ध गराउने कम्पनीको भनाइ छ । विदेशमा अत्यधिक रुचाइएकाले यो उत्पादन नेपालमा पनि बिक्री सुरु गरेको कम्पनीका महाप्रबन्धक सुभाष लामिछानेले बताए । 

नयाँ स्वादको रम बजारमा ल्याउनुअघि नेपालका विभिन्न क्षेत्र र विशेष गरी बुटवल र भैरहवामा ट्रायल गरिएको उनको भनाइ छ । ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरूले औधी मन पराएको पाइएको उनले बताए ।  खुकुरी ट्रिपल एक्स रमको तुलनामा विभिन्न थप उत्कृष्ट पदार्थ प्रयोग हुने र उत्पादनको प्रक्रियासमेत लामो र केही फरक हुने भएकाले ‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य तुलनात्मक रूपमा केही बढी हुने लामिछानेको भनाइ छ । उनले भने, ‘यो प्रिमियम क्याटागोरीको विशेष उत्पादन हो । त्यसैले स्वाद र गुणस्तरमा अझ विशेष छ ।’ 

विशेष रूपमा तयार गरिएको ‘स्पाइस्ड रम’ उत्पादन क्षमता र उत्पादन जटिलताले गर्दा सीमित परिमाणमा मात्र बजारमा जाने उनले बताए । उनले भने, ‘चालू आर्थिक वर्षमा बढीमा ६ देखि सात हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिनेछ । यसको उत्पादन क्षमता आउँदो वर्षदेखि भने बढाउने प्रयासमा छौँ ।’

ad
ad