१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Sunday, 11 May, 2025
२o७८ पौष २५ आइतबार १२:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन वर्षमा बाँकेमा घरेलु हिंसाका सात सय ३८ घटना दर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार १२:४९:oo

बाँकेमा चालू आर्थिक वर्ष ०७८/७९ मा मात्र दुई सय ८२ वटा लैंगिक हिंसाका उजुरी दर्ता भएका छन्। गत आव ०७७/७८ मा सात सय ३८ र आर्थिक वर्ष ०७६/७७ मा पाँच सय १८ वटा लैंगिक हिंसाका घटना दर्ता भएको बाँके प्रहरीले जनाएको छ। 

तीन वर्षको अवधिमा कुल एक हजार नाै सय १३ लैंगिक हिंसाका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ। बाँकेमा घरेलु हिंसा र सामाजिक हिंसामा परेको ठाडो उजुरीको संख्या उच्च रहेको छ। उक्त त्रिवर्षीय तथ्यांकअनुसार घरेलु हिंसाका मात्रै कुल एक हजार पाँच सय ३८ वटा उजुरी दर्ता भएका छन्। केन्द्रको तथ्यांकअनुसार तीन सय ७५ वटा सामाजिक हिंसाका ठाडो उजुरी दर्ता भएका छन्। 

आर्थिक वर्ष ०७६/७७ मा दुई सय एक, आव ०७७/७८ मा एक सय ३७ र चालू आर्थिक वर्ष ०७८/७९ मा ३७ वटा उजुरी दर्ता भएको केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार पछिल्लो तीन वर्षमा घरेलु हिंसामा परेका कुल एक हजार पाँच सय ३८ मध्ये नाै सय ५० वटा उजुरीमा मिलापत्र गरिएको छ भने एक सय ८५ वटा उजुरी सम्बन्धित निकायमा सिफारिस गरिएको छ। 

यस्तै, घरेलु हिंसामा परेका कुल उजुरीमध्ये दुई सय ७४ उजुरी अझै छिनोफानो हुन बाँकी छ। केन्द्रले दिएको त्रिवर्षीय तथ्यांकअनुसार सामाजिक हिंसामा परेको भनी दिएको तीन सय ७५ ठाडो उजुरीमध्ये दुई सय ७६ उजुरी फर्स्याेट भएका छन्। एक १७ वटा उजुरी अझै टुंगाे लाग्न बाँकी छ।

तीन वर्षको अवधिमा बाँकेमा दुई सय १६ जना बालिका र अन्य गरी सात सय ४८ जना हराएका छन्। हराउनेमा २८.८७ प्रतिशत बालिका छन्। आपतकालीन अवस्थामा उद्धार गरेकामध्ये महिला र बालिकाको संख्या धेरै भएको प्रहरीले जनाएको छ। तीन आर्थिक वर्षमा एक सय ८१ ज्नाको उद्धार गरिएकोमा एक सय नाैजना महिला र बालिका रहेका छन्।