Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सोनी राई सोलुखुम्बु
२०७८ पौष १२ सोमबार १०:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको पाइप पड्कँदा दुई इन्जिनियरको मृत्यु, एक गम्भीर

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ पौष १२ सोमबार १०:४२:००

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका– ३ मा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणको क्रममा पाइप पड्कँदा दुईजना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारी अवस्थामा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप पड्कँदा दुईजना इन्जिनियर मृत्यु भएको हो । एकजना गम्भीर घाइते भएका छन् । 

आइतबार अपराह्न फलामको पाइपमा पानी हाल्ने क्रममा सो पाइप पड्किएपछि उक्त घटना भएको हो । घटनामा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको उक्त परियोजना निर्माणको जिम्मा पाएको सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले बताए । 

घटनालगत्तै बेहोस भएका उनीहरूलाई ओखलढुंगा अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए । घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर मोहम्मद रइन घाइते भएका छन् । उनलाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौं पठाइएको छ ।