१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २९ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २९ बुधबार २o:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावलको प्रश्न- संसद् अवरुद्धकाे औचित्य के? कतै होहल्लाको बीचमा एमसिसी अनुमोदन गर्ने खेल त होइन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २९ बुधबार २o:४९:oo

एमाले नेता भीम रावलले पार्टीले संसद् बैठक अवरुद्ध गरेकामा आपत्ति जनाएका छन्। बुधबार ट्विट गर्दै रावलले सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठकहरू अवरुद्व गर्नुको औचित्य नभएको बताएका छन्। 

रावलले कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसिसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन भन्दै प्रश्न गरेका छन्। यस्तो गरे राष्ट्रघाट ठहरिने रावलको भनाइ छ।

एमालेले चालू अधिवेशनको पहिलो बैठक पनि अवरुद्व गरेको थियो। बैठक अवरुद्ध गर्ने निर्णयलाई निरन्तरता दिने एमालेले बताएको छ। यसअघि अघिल्लो अधिवेशनका बैठक पनि एमालेले अवरुद्ध गरेको थियो।