१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Friday, 18 April, 2025
नेत्र पन्थी काठमाडौं
२o७८ मङ्सिर २६ आइतबार १८:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हृदयेश त्रिपाठीले पार्टी घोषणा गर्दै

Read Time : < 1 मिनेट
नेत्र पन्थी, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार १८:२१:oo

हृदयेश त्रिपाठीले नयाँ पार्टी बनाउने भएका छन्। सूर्य चिह्नबाट निर्वाचन जितेर केपी ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। उनले मंगलबार साढे १० बजे एभरेस्ट होटेलमा एक कार्यक्रम गरेर पार्टी घोषणा गर्न लागेका हुन्। उनले आफ्नो पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेको नयाँ पत्रिकालाई बताए।

उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट अलग भएका थिए। गत निर्वाचनमा स्वतन्त्र हैसियतमा उनीसहितका नेता केन्द्र र प्रदेशमा सूर्य चिह्नबाट निर्वाचन लडेका थिए। त्रिपाठी र वृजेश गुप्ताले प्रतिनिधिसभामा सदस्यमा चुनाव जितेका थिए।