मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक १६ मंगलबार o८:४८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोभिड–१९ को खोप बालबालिकाका लागि कति सुरक्षित ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार o८:४८:oo

केही बालबालिका र वयस्कमा मुटु सुन्निनेलगायतका गम्भीर साइड इफेक्ट देखिने गरे पनि खोपले काम गर्न थालेपछि यस्ता समस्या आफैँ निको हुन्छ

लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । विभिन्न किसिमका खोप उत्पादन भइरहेका छन्, तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने अझै अनुसन्धानको विषय बनिरहेको छ । यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणअनुसार १२ देखि १७ वर्षका लाखौँ बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिताबारे थप अनुसन्धान गरिरहेका छन् ।

तीमध्ये पाँचदेखि ११ वर्षका बालबालिका र वयस्कलाई दिइने खुराकको एकतिहाइ मात्रा दिइने गरेको छ । खाद्य र औषधि प्रशासनले शुक्रबार बालबालिकालाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ । 

यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका वेला एमोरी विश्वविद्यालयका बाल हृदयरोग विशेषज्ञ डा. म्याथ्यु ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चामा पनि विभिन्न खालका असर देखिन सक्ने हुन्छ, जसलाई कोरोना भाइरस संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनेर औँल्याएका छन् । केही बालबालिका र वयस्कमा मुटु सुन्निनेलगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन् । तर, खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफैँ निको हुने पनि विज्ञले बताएका छन् ।