मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ११ बिहीबार १५:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शोक प्रस्ताव पारित गरेर सकियो सर्वोच्चको फुलकोर्ट बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार १५:o७:oo

सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठकले सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बिहीबार बसेको प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरूको बैठकले पूर्वन्यायाधीश लम्सालको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

बैठकमा यसबाहेकको अन्य एजेन्डा नरहेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले नयाँ पत्रिकालाई जानकारी दिए । शोक प्रस्ताव पारित गरेपछि न्यायाधीशहरूले मुद्दा नहेर्ने प्रचलन रहेको छ। बैठकअघि समेत आज तोकिएका कुनै पनि इजलास बसेनन्। सर्वोच्चका अनुसार आज सुनुवाइ तोकिएका सबै मुद्दाको सुनुवाइ रोकिएको छ।