Skip This
कमला नदीमा निर्माणाधीन पुलको अर्को पाया पनि भासियो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Tuesday, 13 May, 2025
२o७८ कार्तिक ३ बुधबार १५:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमला नदीमा निर्माणाधीन पुलको अर्को पाया पनि भासियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १५:o६:oo

हुलाकी सडकखण्डअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको अर्को पाया (पायल) पनि भासिएको छ। वर्षाले कमला नदीमा आएको बाढीले निर्माणाधीन पुलको धनुषातर्फबाट ३ नम्बरको पाया भासिएको हो।

पुलको पाया उत्तरतर्फबाट दुई फिटजति तल भासिएको छ। पाया भासिएपछि पुलबाट पैदल आवतजावत रोकेर प्रहरी खटाइएको छ। यसअघि गत असार १६ मा आएको बाढीले नदीको सिराहातर्फबाट दाेस्रो पाया भासिएको थियो। पाया भासिएसँगै पुलको स्ल्याब नदीमा खसेको छ। 

०६८ मा पप्पु लुम्बिनी बिल्डर्स जेभीले निर्माण थालेको पुलको काम सक्न अझै बाँकी रहेको छ । सात वर्षसम्म पप्पु कन्स्ट्रक्सनले सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी सुम्पेको थियो ।

गत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले कमला पुल निर्माण थालेको र ९५ प्रतिशत काम सम्पन्न भइसकेको थियो। पुलको फिनिसिङ गरी साउन पहिलो साता उद्घाटन गर्ने तयारी भइरहँदा असारमा आएको बाढीले पाया नै भासिएको थियो।

पुलको पाया भासिएपछि पछिल्लो चार महिनादेखि निर्माण कम्पनी र आयोजना कार्यालयले कुनै वास्ता नै राखेका थिएन्। आइतबारदेखिको अरिवल वर्षापछि कमला नदीमा पानीको बहाब बढेसँगै अर्को पाया पनि भासिएको हो।