Skip This
पहिरोपीडितको दसैँ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २९ शुक्रबार
  • Wednesday, 12 August, 2026
पहिरोमा पुरिएर ज्यान गुमाएका बहिनीहरुको शव बोक्दै दुई दिदिबहिनी सुष्मा र सुजता परियार र घटनास्थल।
२o७८ असोज २९ शुक्रबार o८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोपीडितको दसैँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २९ शुक्रबार o८:१८:oo

दसैँमा सबैले घर सिँगारेर चिटिक्क पारेका छन्। विशेष गरेर दसैँमा घर लिपपोत र रङरोगन गरिन्छ। तर, रेसुंगा नगरपालिका– ८का ४४ वर्षीय तिलक परियारलाई घर फर्किनै मन छैन। किनकि पहिरोका कारण तीन छोरी गुमाए। उमेरमा कमाएर बनाएको घर क्षतविच्छेद बन्यो। 

गत असोज ५ गते राति घरमाथिबाट खसेको पहिरोले १४ वर्षीया गंगा–जमुना र २१ वर्षीयन छोरी भावनालाई गुमाए । छोरीहरू गुमाएपछि घर फर्किएका छैनन्। ‘ठूलो दुःखले हुर्काएका छोरी र घर नै छैन। मलाई त्यो ठाउँमा फर्किन मन छैन,’ उनले भने, ‘फुटेको कर्मले भत्किएको घर कसरी उठाऊँ ।’ 

जातले कोठा पाएनन्, घरले छोरी गुमाए

तिलक परियारले १२ वर्षको उमेरबाट सिलाइकटाइको काम गर्थे। त्यही कामकै कारण गाउँबाट सहर आए। पाँच छोरीसहितको परिवारको व्यवस्थापन गरेर घर बनाउन निकै मुस्किल थियो। जात र ठूलो परिवारको कारण तम्घासमा कैयौँपटक कोठा पाएनन्। उनीसँग कोठाबाट निकालिएका तिता अनुभवसमेत छन्। जसका कारण ऋणधन गरेर भए पनि सानो पक्की घर बनाए। उनको भूगोलले घर सजिलोमा थिएन। तर, समथरमा घडेरी किनेर घर बनाउने आर्थिक अवस्था भएन। ‘घरपरिवारको जोहोबीच आर्थिक अवस्था सजिलो थिएन। त्यसैले अप्ठ्यारोमा घर बनाएँ,’ उनले भने, ‘जातले कोठा पाइनँ, विपन्नताले राम्रो ठाउँमा घर बनाउन सकिनँ।’ 

चारजना छोरी एउटै कोठामा सुतेका थिए। राति एक्कासि घरमाथिबाट पहिरो खसेको आवाज आयो। बाहिर निकै ठूलो पानी परेको थियो। अर्को कोठामा तिलक र श्रीमती लालमती भएकाले केही भएन। उनीहरूले बल्ल–बल्ल ढोका फोरेर एक छोरी निकाले । आफू, छोरी र श्रीमती बाहिर आएर गुहार मागे, चिच्याए। कसैले सुनेनन्। राति अबेर, पानी परेकाले सुन्ने अवस्था पनि थिएन। त्यो घटनापछि परियार अझै व्यावसायिक जीवनमा फर्किन सकेका छैनन्। देभैभर दसैँको रौनक छ, तर यो परिवार शोकमा छ।