मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अवरुद्ध गरेर एमालेले संविधानमाथि हमला गर्‍यो : बेदुराम भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्ष एमालेले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाएका छन्। महासचिव भुसालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई विषय बनाएर संसद् अवरुद्ध पार्नु गैरसंवैधानिक र गैरकानुनी कदम भएको तर्क गरे।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सदन अवरुद्ध पार्ने कामले एमाले आफैँ जनताको माझमा नांगिदै गएको दाबी गरे । उनले भने, ‘यो लोकतन्त्रमाथिको हमला हो। संविधानमाथिको हमला हो। गैरजिम्मेवार र अनैतिक काम हो। जो उहाँहरूले गरिरहनुभएको छ, त्यसले उहाँहरू नांगिनुभएको छ । संविधानमा अदालतमा विचाराधीन विषयमा संसदमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था छ। एमालेले संविधानको त्यो व्यवस्थाविपरीतका काम गरिरहेको छ।’

महासचिव भुसालले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताए।