१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ६ बुधबार
  • Monday, 30 June, 2025
राजस्व रकम लुट्ने समूहसहित पक्राउ परेका नाईके जगत बहादुर बुढाथोकी
मोहन विष्ट कञ्चनपुर
२o७८ असोज ६ बुधबार १३:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

४५९ रुपैयाँ लुट्ने ३८ वर्षपछि पक्राउ 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ असोज ६ बुधबार १३:५१:oo

चार दशकअघि चार सय ५९ रुपैयाँ लुट्ने गिरोहका एक मुख्य नाइके पक्राउ परेका छन्। बेलौरीको मदिरा कम्पनी लारा डिस्ट्रिलरीबाट अन्तःशुल्कबापतको चार सय ५९ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न लगिएको रकम लुटने जंगे भनिने जगतबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। 

सरकारलाई तिर्नुपर्ने राजस्व रकम लुट्ने बेलौरी नगरपालिका– २ लक्ष्मीपुरका बुढाथोकीलाई प्रहरीले पक्राउ गरी आदालत पठाएर कारागार चलान गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १० पुस ०४० सालमा लारा डिस्ट्रिलरी बेलौरीबाट अन्तःशुल्क रकम जम्मा गर्न पुनर्वास राष्ट्रिय वाणिज्य बैंकका जम्मा गर्न जाने क्रममा बीचबाटैमा बुढाथोकीको समूहले लुटेर भागेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले सरकारलाई बुझाउनुपर्ने आन्तरिक राजस्व रकम लुट्ने गिरोहका मुख्य नाइकेलाई ३८ वर्षपछि पक्राउ गरिएको बताए। प्रहरी प्रवक्ता न्यौपानेका अनुसार राजस्व रकम बोकेर बैंक जम्मा गर्न हिँडेका रामजन सहनीसहितलाई बुढाथोकी समूहले भौतिक आक्रमण गरेर रकम लुटेर फरार भएकाे थियाे । उक्त लुटपाट मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २५ वैशाख ०४२ सालमा तीन वर्ष एक महिना १८ दिन कैद फैसला गरेको थियो। 

लुटेरा बुढाथोकी समूहले उक्त मुद्दामा कैद भुक्तानी नगरेका कारण प्रहरीले अदालतको फरार सूचीमा रहेका बुढाथोकीलाई घरबाटै पक्राउ गरी कारागार चलान गरिएको हो। २२ वर्षको युवा उमेरमा बुढाथोकीले गरेको अपराध ६० वर्षको वृद्धावस्थामा सजाय भोग्नुपरेको छ। अपराध गरेपछि एक दिन अवश्य त्यसको सजाय भोग्नुपर्छ भन्ने यो गतिलो उदाहरण भएको छ। 

यस्तै, कञ्चनपुर प्रहरीले हतियार मुद्दामा फरार रहेका दुईजनालाई समेत पक्राउ गरी आदालत पेस गरेको छ। कञ्चनपुर जिल्ला आदालतले हतियार मुद्दामा फरार रहेका शुक्लाफाँटा नगरपालिका– ९ बस्ने बर्खे चौधरी, कृष्णपुर नगरपालिका– ३ बस्ने ७९ वर्षीय गोपाल सुनारलाई समेत पक्राउ गरी आदालत पेस गरेको हो। चौधरीलाई २४ पुस ०७६ मा तीन वर्ष कैद र ३० हजार जरिवाना, सुनारलाई दुई वर्ष कैद र २० हजार जरिवाना तोकेप नि उनीहरू दुवैले कैद भुक्तान र जरिवाना नतिरेका कारण पक्राउ गरी कारागार चलान गरिएको छ। कञ्चनपुर प्रहरीले अपराध न्यूनीकरणका लागि विभिन्न मुद्दामा फारर रहेका अभियुक्तहरूलाई पक्राउ गर्दै अदालत पेस गरिरहेको छ।