१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो : हुम्लाको टाँके भ्यालीस्थित ताल
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पदयात्रा खुलाउन पर्यटन व्यवसायीहरूको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार १४:०६:००

नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ। यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ। नेपालबाहिर धेरै देशले आफ्ना नागरिकलाई खोपको पूरा मात्रा लगाइसकेका छन्। यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घन्टाको पिसिआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टिन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन्।

ट्रेकिङ एजेन्सीहरूको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टिन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताएका छन्। एकजना पर्यटक पदयात्रामा जाँदा कम्तीमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ। साहसिक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र खोल्न सके पनि पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने उनले बताए।

डेढ दशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ। तर, संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपालबारे चासो बढ्न थालेको ट्राभल व्यवसायीे बताएका छन्। नेपालमा कोरोना संक्रमणको दर घटेको समाचार आउन थालेपछि इन्क्वाइरी बढेको पनि व्यवसायीले बताएका छन्। सरकारले भिसा र क्वारेन्टिनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने व्यवसायीहरू बताउँछन्।

कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो। २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो। अहिले संक्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको संख्या बढिरहेको भन्दै विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका छन्।