मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार ०७:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सम्सारा र खल्ती वालेटबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २३ बुधबार ०७:००:००

डिजिटल वालेट कम्पनी खल्तीले सम्सारा रेमिटमार्फत देश तथा विदेशबाट पठाएको पैसा खल्ती एपबाट सजिलै प्राप्त गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सुविधा प्रदान गर्नका लागि सम्सारा रेमिट र खल्तीबीच सम्झौता भएको हो । 

सम्झौताअनुसार खल्तीमार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपालभरिबाट पैसा पठाउन र पाउन दुवै सक्ने जनाइएको छ । सम्सारामार्फत नेपालबाहेक कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्यपूर्व राष्ट्रबाट रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।  

खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाइसी अनिवार्य भेरिफाई गराएको हुनुपर्ने जनाइएको छ ।