१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका विराटनगर
२o७८ भदौ २२ मंगलबार १५:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना बिमाको रकम भुक्तानी नगर्ने कम्पनी, समिति र सरकारका नाममा कारण देखाऊ आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १५:५७:oo

सम्झौताअनुसार कोरोना बिमाको भुक्तानी नगरेको भन्दै दायर रिटमा उच्च अदालत विराटनगरले विपक्षीको  नाममा कारण देखाऊ आदेश गरेको छ। सम्झौताअनुसार पत्रकारहरूलाई कोरोना बिमा भुक्तानी गर्न अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार दायर गरेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश तेजनारायणसिंह राईको एकल इजलासले चार विपक्षीको नाममा कारण देखाऊ आदेश गरेको हो।

अदालतले सम्झौता गर्ने बिमा कम्पनी अजोड इन्स्योरेन्स, बिमा सम्झौता गर्दा कोरोना मापदण्ड २०७७ बमोजिम दाबी भुक्तानीका लागि बिमकलाई आदेश निर्देशन दिने तथा नेपाल सरकारसँग समन्वय गरिदिने जिम्मेवारी लिने  बिमा समिति,  सरकारको नीति  प्रतिबद्धताबमोजिम समयमा आवश्यक रकम बन्दोबस्त गरिदिने जिम्मेवारी लिएको संघीय सरकारको अर्थ मन्त्रालय र नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयका नाममा कारण देखाऊ आदेश गरेको हो।

भुक्तानी दाबी माग गरेको १० महिना बितिसक्दासमेत कम्पनीले भुक्तानी दिन नसक्ने व्यहोराको पत्र पठाएपछि महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दर्ता गरेको हो।