१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीविरुद्ध पोखरामा धर्ना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:३५:oo

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरुद्ध पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम भएको छ। संयुक्त देशभक्त मोर्चाको ब्यानरमा पोखरेली नागरिक अगुवाले जिल्ला प्रशासन कार्यालयअगाडि सहिदचोकमा धर्ना दिएका हुन्। 

बिहान ९ः४५ देखि एक घन्टासम्म सहभागीले एमसिसीविरुद्ध विभिन्न नाराअंकित प्लेकार्ड लिएर मौन धर्ना दिएका थिए। राष्ट्रहित प्रतिकूल भएकाले एमसिसी परियोजना संसदमा प्रवेश नगराउन दबाबस्वरूप आफूहरूले धर्ना दिएको नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले जानकारी दिए। 

‘राष्ट्रहितविपरीतको एमसिसी संसदबाट पारित गरिने प्रपञ्च रचिएको छ। त्यसलाई रोक्नका लागि हामीले धर्ना दिएका हौँ,’ नागरिक अधिकारकर्मी पौडेलले भने। 

ad
ad