१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १५ मंगलबार १९:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला घटनाको छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १५ मंगलबार १९:५७:००

दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन भएको छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो । 

गृहले समितिलाई म्याद थप गर्ने तयारी गरे पनि तीव्र दबाबका कारण मंगलबार नै प्रतिवेदन बुझाउन लगाइएको हो । गत १५ साउनमा तुइनबाट महाकाली तर्ने घरमा धामी खोलामा खसेर बेपत्ता भएका थिए । भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तुइन निकाल्दा धामी झरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

त्यस्तै, इप्रका बर्दघाटका इन्स्पेक्टर कपिल वाग्लेको मृत्युबारे गठन भएको छानबिन समितिले पनि मंगलबार नै मन्त्री खाणलाई प्रतिवेदन बुझाएको छ । गत २५ साउनमा उनको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो ।

निलम्बनमा परेको भोलिपल्ट यसरी मृत्यु भएपछि घटना शंकास्पद भएको भन्दै पश्चिम नवलपरासीका सांसद देवेन्द्रराज कँडेलले आरोप लगाएपछि छानबिन समिति गठन भएको हो । सहसचिव सुनील खनाल नेतृत्वको समितिले प्रतिवेदन बुझाएको हो । दुवै समितिका प्रतिवेदन गोप्य राखिएको छ ।