१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Friday, 23 August, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o७८ भदौ ८ मंगलबार १७:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्दिर गएकी किशोरीको शव चार दिनपछि मकैबारीमा भेटियो, बलात्कारपछि हत्याको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार १७:१९:oo

कालिकोटको खाँडाचक्र नगरपालिका– ६ की १६ वर्षीया किशोरीको शव क्षतविक्षत अवस्थामा मकैबारीमा भेटिएको छ। भदौ ४ गते घरबाट पूजा गर्न मन्दिर गएकी निरू विकको शव घरनजिकैको मकैबारीमा क्षतविक्षत अवस्थामा भेटिएको हो।

शरीरका विभिन्न भाग छुट्टिएको र जंगली जनवारले खाएको अवस्थामा चार दिनपछि शव भेटिएको स्थानीय वसन्त सुनारले बताए। किशोरीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। ‘शव क्षतविक्षत अवस्थामा भेटिएको छ,’ सुनारले भने, ‘किशोरीको बलात्कारपछि हत्या गरेको आशंका गरेका छौँ । पोस्टमार्टम रिपाेर्टपछि त्यो कुरा थाहा होला ।’

मृतक किशोरीको शव पोस्टमार्टममा लागि जिल्ला अस्पताल कालिकोटमा राखिएको छ। घटनाको विषयमा अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डिएसपी) चक्रबहादुर शाहले जानकारी दिए।

‘मृतकको तल्लो भागको शरीर पूरै छैन । माथिको शरीर किरा परेको अवस्थामा छ,’ उनले भने, ‘बलात्कार गरेर हत्या भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा प्रहरीले गहन ढंगले अनुसन्धान गरिरहेको छ ।’