मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशीको उक्साहटमा लादिएको प्रणाली मुलुकले धान्दैन : कमल थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन्। अध्यक्ष थापाले विदेशीको उक्साहटबाट लादिएको प्रणालीभन्दा संवर्द्धनवादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए ।

पूर्वप्रहरी  उपरीक्षक कुलबहादुर थापा, पूर्वनायब उपरीक्षक मानबहादुर कुँवरसहित हुम्लाबाट काठमाडौं आई अध्ययनरत विद्यार्थीहरूलाई सदस्यता प्रदान गर्दै थापाले यसो बताएका हुन्। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्विचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्धिको बाटोमा लैजाने नीति संवर्द्धनवाद भएको उनले बताए।

राप्रपा निषेधको राजनीतिबाट नभई सबैलाई समेटेर उदारतापूर्वक मुलुक निर्माणमा जुट्ने शक्ति भएको भन्दै थापाले कांग्रेस कम्युनिस्टको विकल्प भनेकै राप्रपा भएको बताए। मुलुकको आवश्यकताअनुसार राज्य व्यवस्था लागू गर्दा दिगो र टिकाउ हुनेमा कसैको स्वार्थ पूरा गर्न षड्यन्त्रपूर्वक लादिएको प्रणालीले मुलुक र जनताको हित नहुनेसमेत उनको भनाइ छ।