१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ श्रावण १३ बुधबार १९:०५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीको कञ्चनरूपमा पहुँचको आधारमा लगाइयो कोरोनाविरुद्धको खोप, दलितलाई उपेक्षा 

Read Time : > 1 मिनेट
२०७८ श्रावण १३ बुधबार १९:०५:००

सप्तरीको कञ्चनरूप नगरपालिकाभित्र ६ चरणमा कोरोनाविरुद्धको खोेप लगाइएको छ । तर, दलित समुुदायलाई उपेक्षा गरिएको छ । पछिल्लोपटक कञ्चनरूप नगरपालिकाले पछिलो चरणमा जोन्सन एन्ड जोन्सनको खोप लगाउँदा पनि दलितलाई विभेद गरेपछि दलित अगुवाहरूले विरोध गरेका छन् । 

५० वर्षदेखि ५४ वर्ष उमेर समूहलाई पहिलो प्राथमिकतामा, दोस्रोमा विदेश जाने नागरिक, तेस्रोमा लक्षित वर्ग, दलित, अपांग, फ्रन्टलाइनमा काम गर्ने पेसाकर्मीहरूलाई खोप लगाउने निर्देशन भए पनि पहुँचका आधारमा १८ वर्षकै व्यक्तिहरूले खोप लगाएका छन् ।

कञ्चनरूप नगरपालिका– ११ स्थित स्वास्थ्य चौकीका इन्चार्ज लालबहादुर राउतका अनुसार पछिलो चरणमा जोन्सनको तीन सय २५ भाइल भ्याक्सिन उपलब्ध भएकोमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहको एक सय ८८ जना, वैदेशिक रोजगारमा जाने आठजनालाई, अपांगता भएका दुईजनालाई, एक स्वास्थ्यकर्मीलाई र ३४ जना दलितलाई खोप लगाएको बताए । 

स्वास्थ्य चौकी इन्जार्चकै तथ्यांक आधारमा पनि तीन सय २५ भाइल खोपमा ९२ जना पहुँच र शक्तिको आधारमा खोप लगाइएको पाइएको छ । ‘पहुँच र शक्तिको आधारमा १८ वर्षदेखि ९६ वर्षसम्मकाले भ्याक्सिन लगाएको छ, तर हामी दलित समुदायलाई उपेक्षा गरिएको छ,’ कञ्चनरूप नगरपालिका— ११ का दलित अगुवा रामनारायण सदाले भने, ‘वडा नम्बर— ११ मा पाँच सय २५ दलित घरपरिवार छ । वडाको स्वास्थ्य चौकीमा पुगेर हामी दलित पनि भ्याक्सिन लगाउन पाउनुुपर्छ भन्दा स्वास्थ्यकर्मीहरूले भ्याक्सिन लगाउन मानेनन् ।’

दलितहरूले विरोध गरेपछि मात्र केही दलितलाई भ्याक्सिन लगाउन स्वास्थ्यकर्मी तयार भएको दलित अगुवा सदाले बताए । उनले भने, ‘मंगलबार वडा नम्बर ११ मा ३ सय २५ जनाले खोप लगाउँदा १९ जना मात्रै दलित समुुदायले खोप लगाउन पाए, त्यो पनि दलितहरूले विरोध गरेपछि ।’ दलित अगुवा सदाका अनुसार बुधबार सामूहिक रूपमा दलितहरूले खोप लगाउन स्वास्थ्य चौकी जाँदा स्वास्थ्यकर्मीहरूले प्रहरी बोलाएर दलितहरूलाई प्रवेश निषेध गरेका थिए ।
 
वडा नम्बर— २ मा दुई सय १५ भाइल भ्याक्सिनमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका एक सय ५० जनालाई, २५ जना वैदेशिक रोजगारमा जानेहरूलाई र पाँचजना दलितलाई र विभिन्न उमेर समूहकाले भ्याक्सिन लगाएको स्वास्थ्यकर्मी चन्द्रकिशोर पण्डितले बताए ।