१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी टोकियो
२o८१ जेठ १ मंगलबार o९:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

९७ वर्षपछि फिलिपिन्सले जित्यो स्वर्ण

Read Time : > 1 मिनेट
एजेन्सी टोकियो
नयाँ पत्रिका टोकियो
२o८१ जेठ १ मंगलबार o९:oo:oo

फिलिपिन्सको ओलम्पिकमा स्वर्ण जित्ने प्रतीक्षा समाप्त भएको छ । फिलिपिन्सले ९७ वर्षपछि ओलम्पिकमा स्वर्णपदक जितेको छ ।

जापानको टोकियोमा सञ्चालन भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनको ५५ केजी तौल समूहमा हिडिलयन डाअजले फिलिपिन्सलाई ९७ वर्षपछि स्वर्ण दिलाएकी हुन् । सन् १९२४ मा फिलिपिन्सले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाउँदा डेभिड नेपोमुसेनोले त्यसवेला सय र दुई सय मिटर स्प्रिन्टर स्पर्धामा प्रतिस्धर्पा गरेका थिए 

ओलम्पिक स्वर्ण विजेता डाअज फिलिपिन्सको एयरफोसमा काम गर्छिन् । टोकियोमा इतिहास रचेकी डाअजलाई सरकारले पुरस्कार स्वरूप चार लाख ७० हजार पाउन्ड दिने घोषणा गरेको छ । फिलिपिन्सको स्पोट्र्स कमिसनले ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीलाई १० मिलियन फिलिपिनी रुपैयाँ दिने बताएको छ । फिलिपिन्स सरकारले नगद साथै भविष्यमा अन्य कामका लागि डाअनलाई सहयोग गर्ने जनाएको छ । डाअज दुई वर्षदेखि मलेसियामा बस्दै आइरहेकी छिन् । 

ओलम्पिकमा पहिलोपटक फिलिपिन्सलाई भारोत्तोलन खेलमा स्वर्ण दिलाएकी डाअजलाई सरकारले प्रोत्साहन स्वरूप चार लाख ७० हजार पाउन्ड दिने घोषणा

पछिल्लो समय फिलिपिन्समा कोरोना महामारीका रूपमा फैलिएपछि व्यक्तिगत कारण देखाउँदै उनले मलेसियामै टोकियो ओलम्पिकको तयारी गरेकी हुन् । डाअनका बुबा एक ट्याक्टर ड्राइभर हुन् । सन् २०१६ को रियो ओलम्पिकमा उनले रजत हात पारेकी थिइन् । टोकियो ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्यका साथ उत्रेकी डाअनले विश्व कीर्तिमानधारी चिनियाँ खेलाडीलाई निराश पारिन् । यो इभेन्ट्समा काजखस्तानकी जुल्फियाले कांस्य पदक जितिन् । 

स्वर्ण पदक पक्का भएपछि डाअन रिङमै भावुक भइन् । पदक वितरण समारोहमा फिलिपिन्सको राष्ट्रिय धुन बज्दा उनले आफूलाई रोक्न सकिनन् । ‘मेरो सपना पूरा भएको छ,’ डाअनले स्वर्ण जितेपछि भनिन्, ‘म युवा पिँढीका खेलाडीहरूलाई सन्देश दिने उद्देश्यका साथ ओलम्पिकमा सहभागी भएकी थिएँ, देशलाई स्वर्ण दिलाएसँगै मेरो सपना पूरा भएको छ ।’ भारोत्तोलनमा चीनले अहिलेसम्म तीन स्वर्ण हात पारेको छ । चीनको भारोत्तोलनमा सबै स्पर्धामा स्वर्ण जित्ने लक्ष्यमा डाअन बाधक बनिन् ।

बर्मुन्डा स्वर्ण जित्ने सानो देश
टोकियो ओलम्पिकको चौथो दिन व्यक्तिगतसँगै विभिन्न देशका नाममा पनि रेकर्ड बनेको छ । यसैक्रममा बर्मुन्डा ओलम्पिक खेलकै इतिहासमा सबैभन्दा सानो देशका रूपमा स्वर्ण जित्ने राष्ट्र बन्यो । फलोरा डफले ट्रायथलनमा स्वर्ण जित्दा बर्मुन्डाले यो कीर्तिमान बनाएको हो । ६३ हजार जनसंख्या भएको बर्मुन्डाकी ३३ वर्षीय डफले ट्रायथलनको पूरै रेस पूरा गर्न एक घन्टा ५५ मिनेट ३६ सेकेन्ड लगाइन् । उनीभन्दा एक मिनेटले बेलायतकी जर्जिया टेलोर तथा अमेरिकाकी काटिए जाफेर्स रहे । 

सन् १९७६ मा बर्मुन्डाले विश्वकै कम जनसंख्या भएको राष्ट्रका रूपमा ओलम्पिकमा कास्य हात पारेको थियो । रियो ओलम्पिकपछि आफूमाथि पदक जित्ने दबाब बडेको डफले बताइन् । ‘यो पाँच वर्ष मैले निकै कठिन समय बिताएँ, ममाथि स्वर्ण जित्नुपर्ने दबाब थियो,’ डफले भनिन्, ‘यद्यपि लक्ष्य हात पार्ने हो वा होइन भन्ने प्रश्न थियो ।’

सन् २०१८ को कमनवेल्थ गेममा बेलायतले डफलाई सहभागी हुन आग्रह गरेको थियो । तर, डफले आफू बेलायतभन्दा बर्मुन्डाकै झन्डाबाट कमनवेल्थ खेल्ने घोषणा गरिन् । ‘म बर्मुन्डाको नागरिक हुनमै गर्व गर्न मन पराउँछु,’ उनले भनिन्, ‘अब मेरो कारण बर्मुन्डाका युवाहरू ओलम्पिकमा पदक जित्ने लक्ष्य राख्नेछन् ।’  

ad
ad