१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ११ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ११ सोमबार १९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गरिबलाई निःशुल्क विद्युत् दिने प्रयासमा छु : ऊर्जामन्त्री भुसाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ११ सोमबार १९:४२:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउन लागेको बताएकी छिन् । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको बताएकी हुन् । 

भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत् दिने अवधारणा अघि सारे पनि निर्णय भने भइनसकेको बताइन् । भुसालले विद्युत् उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने पनि बताइन् । 

उनले ट्रान्समिसन लाइन निर्माणको काममा तीव्रता दिने पनि बताइन् । भुसालले कृषियोग्य सबै जमिनमा सिँचाइको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

ad
ad
ad
ad