१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरले भन्यो– एसइईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिनू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:o२:oo

काठमाडौं महानगरपालिकाले एसइईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन आग्रह गरेको छ । महानगरको शिक्षा विभागले आइतबार सबै स्कुल तथा कलेजलाई  विद्यार्थी भर्ना तथा शुल्कबारे परिपत्र गर्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ । 

विभागले कक्षा ११ मा भर्ना हुँदाको समयमै ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्नुपर्ने, किताब, पोसाक र अन्य शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नपार्न पनि सचेत गराएको छ । मावि, कलेजहरूले तोकिएअनुसारको छात्रवृत्ति अनिवार्य दिनुपर्ने र छात्रवृत्ति पाउने विद्यार्थीको विवरण शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विभागमा पठाउनसमेत भनिएको छ । 

 

ad
ad