१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीलाई सेनाको १० हजार आठ सय हतियार र गोलाबारुद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१३:oo

नेपाली सेनाले नेपाल प्रहरीलाई १० हजार आठ सय १८ नाल राइफल र मेसिनगन तथा करिब १५ लाख गोलाबारुद दिने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्डामा आयोजित कार्यक्रममा तीन सय नाल हतियार, गोलाबारुद र एम्युनिसन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेका छन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले हतियार हस्तान्तरण गर्न लागेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि हतियार हस्तान्तरण गर्न लागेको हो । 

मन्त्रिपरिषद्को १७ जेठको निर्णयबमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिई राइफल र मेसिनगन उपलब्ध गराउन लागेको हो । सेनाका अनुसार राइफल, सबमेसिनगन, लाइट मेसिनगन गरी जम्मा १० हजार आठ सय १८ नाल तथा गोलीगठ्ठा  १४ लाख ९४ हजार १६ थान उपलब्ध गराउनेछ । 

‘हतियार तथा एम्युनिसन (गोला बारुद) तीन चरणमा उपलब्ध गराउने योजनाअनुसार बाँकी हतियार तथा एम्युनिसन ०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिनेछ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपलब्ध गराइएका हतियारहरूको मर्मत सम्भारसम्बन्धी तालिमसमेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ ।’ सेनाले उपलब्ध गराएको हतियार र गोलाबारुदबाट नेपाल प्रहरीको क्षमता अभिवृद्धि हुने र सुरक्षा निकायहरूबीच सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाको छ ।