Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७८ असार ३ बिहीबार २०:५८:००
Read Time : > 5 मिनेट
समाचार डिजिटल संस्करण

पुरानै कार्यक्रम दोहोर्‍याउँदै आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम, कांग्रेसले गर्‍यो नगर सभा बहिष्कार

Read Time : > 5 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७८ असार ३ बिहीबार २०:५८:००

अधिकांश पुरानै कार्यक्रमलाई दोहो¥याउँदै काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौँ नगर सभाको पहिलो बैठकमा सार्वजनिक भएको नीति–तथा कार्यक्रममा महानगरपालिकाले कोभिड– १९ लक्षित केही कार्यक्रमबाहेक धेरै कार्यक्रम दोहो¥याएको हो । 

मेयर उज्यालो कार्यक्रमअन्तर्गत सार्वजनिक स्थल तथा सडकहरूमा स्वचालित सडकबत्ती जडान गर्ने, माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बनाउने, थापाथली पुलदेखि शंखमूलसम्मको नदी किनारालाई हरियाली तथा खुला क्षेत्रको रूपमा विकास गर्ने, छाडा पशुहरूका कारणबाट हुनसक्ने सडक दुर्घटना, मानवीय क्षति र रोगको जोखिमलाई न्यूनीकरण गर्न बहुद्देश्यीय परियोजनामार्फत आवश्यक प्रबन्ध मिलाइनेलगायत दर्जनौँ कार्यक्रम दोहोरिएका हुन् ।

त्यसैगरी, काष्ठमण्डप पुनर्निर्माण गत आर्थिक वर्षमै सकाउने भनिए पनि यो वर्ष पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ । युवापुस्ताको नवीन सोच र प्रविधिप्रतिको आकर्षणलाई बढावा दिन काठमाडौं बिजनेस हबको स्थापना गरिने, भद्रकाली मन्दिर, महाँकाल मन्दिर विकास, मर्मतसम्भार, जीर्णोद्धार गरिने, ब्रुमरले उठाएको धुलोलाई निर्माणकार्यमा उपयोग गरिने, नाकामा भेइकल क्लिनिङ सेन्टर स्थापना कार्यक्रम पनि दोहोरिएका छन् । 

यी हुन् प्राथमिकतामा परेका १० कार्यक्रम 
सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना 
विशिष्टिकृत सेवासहितको सुविधासम्पन्न सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने उल्लेख गरिएको छ । ‘कोभिड– १९ बाट संक्रमित भएका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्टलगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

विद्युतीय सवारी करमा शतप्रतिशत छुट 
नीति तथा कार्यक्रममा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न सवारी करमा शतप्रतिशत छुट दिइने उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेसन निर्माण गर्ने पनि उल्लेख गरिएको छ । सरकारको निर्णयअनुसार मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीहरूलाई खानेपानी शुल्क मिनाहा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।     

कोभिड– १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट 
कोरोना महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक–निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई छुट–सहुलियत दिइनेछ । कोरोनाबाट प्रभावित व्यवसायहरू जस्तै होटेल, पर्यटनलगायतका क्षेत्रलाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ । सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोवास गर्ने व्यक्तिको लगत राखिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकमबराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ, ‘महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ ।’ 

उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने     
सम्पदामा आधारित पर्यटन र नवप्रवर्तनमा आधारित उद्यमशीलताको प्रवद्र्धन गर्ने, आबद्धतामा आधारित सहरी योजनाको तर्जुमा गर्ने र तथ्यमा आधारित नीति–निर्माण तथा योजनाको तर्जुमा गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । ‘कोरोनाका कारणले जनजीवनमा परेको असरलाई न्यूनीकरण गरी क्रमिक रूपमा जनजीवन सामान्य अवस्थामा फर्काउने कार्य चुनौतीपूर्ण भएको कुरालाई महसुस गर्दै आर्थिक उत्थानशीलता, समुदायमा आधारित पूर्वाधार विकास, विद्युतीय प्रविधि प्रयोगमा व्यापकता, खाद्य हरित सहरको अवधारणाअनुरूपकोे विकास र जनस्वास्थ्य सेवाको प्रभावकारितामा अभिवृद्धि गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महानगरपालिकाको सहरी व्यवस्थापन र राजस्व प्रशासनका लागि भौगोलिक सूचना प्रविधिमा आधारित एकीकृत सहरी नक्सा तथा महानगर सूचना प्रणाली विकास गरिनेछ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र विकासयोग्य जमिनको अभाव भएकाले विकासमा आधारित जग्गा मूल्य अभिग्रहणको सिद्धान्त अपनाई सहरको पुनर्विकास गर्न प्रेरित गरिनेछ ।’ 

‘पौरखी मेला’देखि ‘रिभल्विङ फन्ड’सम्मको योजना         
उपत्यकाका स्थानीय तहहरू, काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरू, स्थानीय समुदाय र उद्योगी तथा व्यवसायीसँगको सहकार्यमा ‘पौरखी मेला’ आयोजना गरिने पनि नीतिमा उल्लेख छ । ‘महामारीका कारण संकटमा परेका लघु, घरेलु र साना उद्योगहरूको पुनरुत्थानका लागि ‘रिभल्विङ फन्ड’को स्थापना गरी सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ,’ नीतिमा भनिएको छ, ‘सार्वजनिक–निजी साझेदारी प्रारूपमा सञ्चालित परियोजनाहरूमा सम्झौताको पूर्ण पालना भए–नभएको, परियोजना सञ्चालनको अवस्था, वित्तीय तथा भौतिक प्रगतिको स्थिति, अपेक्षित उपलब्धि, रोयल्टी प्राप्तिको स्थितिलगायतका विवरण समावेश गरी काठमाडौं महानगरपालिकाको सार्वजनिक निजी–साझेदारी श्वेतपत्र जारी गरिनेछ ।’ 

एक वडा एक नमुना विद्यालय कार्यक्रम, कक्षा चारदेखि नैतिक शिक्षा    
महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकूल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति लिएको छ । ‘महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा आठसम्म स्थानीय विषयको रूपमा नेपाल भाषाको पाठ्यक्रमअनुरूप पठनपाठन कार्यलाई निरन्तरता दिइनेछ । नेपाल भाषाको विकास र प्रवद्र्धनका लागि नेपाल भाषा प्रवद्र्धन समितिमार्फत कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई जिम्मेवार एवं थप उत्प्रेरित गराउन नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाको अतिरिक्त प्रोत्साहनस्वरूप मासिक एक हजार उपलब्ध गरिनेछ ।’ त्यसैगरी महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘एक वडा एक नमुना विद्यालय कार्यक्रम’ अघि सारेको छ । जसअन्तर्गत छनोट भएका ३२ नमुना विद्यालयलाई नमुना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गरिने उल्लेख छ । ‘महानगर क्षेत्रभित्र प्रत्येक वडामा कम्तीमा एउटा सुविधासम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुँच सुनिश्चित गरिनेछ,’ नीतिमा भनिएको छ, ‘महानगरभित्रका प्रत्येक विद्यालयमा कक्षा चारदेखि नैतिक शिक्षालाई समावेश गरी पठनपाठन प्रारम्भ गरिनेछ ।’ 

महानगर डाटा बैंकको स्थापना 
महानगरपालिकाले महानगरभित्र भएका विभिन्न विकासका गतिविधि एवं व्यक्तिगत घटनालगायत अन्य तथ्यांकलाई व्यवस्थित रूपमा संकलन गरी महानगर डाटा बैंकको स्थापना गर्ने नीति लिएको छ । ‘महानगरपालिकाका सम्पूर्ण सूचनालाई एकत्रित गरी तथ्यांकको संरक्षित भण्डारण गरिनेछ । खुला तथ्यांकको अवधारणालाई क्रमशः कार्यान्वयन गरिनेछ,’ नीतिमा भनिएको छ,’ ‘महानगरपालिकासँग सम्बन्धित प्रमुख सवालहरूमा सघन अन्तक्र्रिया गर्न काठमाडौं संवाद कार्यक्रम सञ्चालन गरिनेछ ।’

सम्पदा संरक्षण प्राथमिकतामा     
नीति तथा कार्यक्रममा महानगरपालिका क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि परम्परागत बाजा सिकाउने गुरुहरू, सामुदायिक गुम्बाको सञ्चालनमा संलग्न प्रमुख लामाहरूलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्धार कार्य सुरु गरिनेछ । बालाजु बाइसधारा उद्यानलाई व्यवस्थापन र विकास गर्न सार्वजनिक–निजी साझेदारी वा अन्य वैकल्पिक प्रारूपअनुसार व्यवस्थित गर्ने, हनुमानढोका परिसर तथा कोत क्षेत्रमा रहेका पुरातात्विक मापदण्डविपरीतका नेपाली सेना, साबिक जिल्ला प्रहरी कार्यालय, कान्ति ईश्वरी र कन्या निकेतन विद्यालय रहेका संरचनाहरू हटाई उक्त क्षेत्रको बृहत् गुरुयोजना बनाई कार्यान्वयन गर्ने, जुद्ध वारुण यन्त्र भवनअगाडि र तलेजु मन्दिरको उत्तरतर्फ अनधिकृत टहराहरू हटाई उक्त स्थानमा खुला सत्तल निर्माण गर्ने भनिएको छ । 

ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाउने 
‘महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाहरूको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘पशुपतिनाथलगायत दर्शनार्थीहरूको धेरै चाप हुने धार्मिक स्थलहरूका सरोकारवालाको सहयोगमा दर्शनका लागि पंक्ति व्यवस्थापन प्रणाली व्यवस्था गरिनेछ । पर्यटन ः आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात् गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवद्र्धन र विस्तारमा जोड दिने नीति लिइनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गरिनेछ । उपत्यकाका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरू जोड्ने गरी विद्युतीय हप अन हप अफ बस सञ्चालन गरिनेछ ।’ 

नाकामा भेइकल क्लिनिङ सेन्टर स्थापना 
नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहोरमैलाको एकीकृत व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका स्थानीय तहहरूसमेतको सहभागितामा सार्वजनिक–निजी साझेदारीअन्तर्गत निजी क्षेत्रसँग सहकार्य गरिने उल्लेख छ । काठमाडौं उपत्यका भित्रिने सवारीसाधनहरूबाट निस्कने धुलोका कारण भइरहेको प्रदूषण नियन्त्रणका लागि उपत्यका छिर्ने नाकाहरूमा अन्य स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लिनिङ सेन्टर निर्माण गर्ने कार्य यसै आर्थिक वर्षमा आरम्भ गरिने पनि उल्लेख छ । चालीस माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री–वितरण र प्रयोगलाई प्रोत्साहन गरिने पनि महानगरले नीति लिएको छ । 
महानगरपालिका क्षेत्रभित्रका मुख्य सडक, नदी किनार, पर्ती तथा नदी उकास, शैक्षिक संस्थालगायतका सार्वजनिक स्थलहरूमा बायोमास तथा कार्बन स्टकको क्षमता उच्च भएका अर्नामेन्टल प्लान्ट तथा विभिन्न प्रजातिका फलफूलका बिरुवा लगाई सहरी पर्यावरण एवं सौन्दर्य अभिवृद्धि गरिने पनि महानगरपालिकाको नीति छ । 

कांग्रेसले ग¥यो नीति तथा कार्यक्रम बहिष्कार 
उपमेयरसहित १५ जना काङ्ग्रेसबाट निर्वाचिन जनप्रतिनिधिले नीति तथा कार्यक्रम बहिष्कार गरेका छन् । एजेन्डाविनाको नीति तथा कार्यक्रम आएकाले बहिष्कार गरिएको उपमेयर हरिप्रभा खड्गीले बताइन् । ‘महानगरमा सिस्टम कहिले पनि बसेन । जहिले कराएको कराएै गर्दा पनि एजेन्डाविनाको नीति तथा कार्यक्रम आयो,’ उपमेयर खड्गीले भनिन्, ‘अस्तिको बोर्ड बैठकमा दुई घन्टा पढेको भरमा नीति तथा कार्यक्रम आयो । नीति तथा कार्यक्रम तयार भएपछि हाम्रा कुरा राखिएन । मेयरज्यूले आफ्ना कुरा मात्र लाद्न खोज्नुभयो ।’ उनीहरूले भ्याक्सिन किन्न बजेट छुट्याउनुपर्ने, वीर अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने, सबैले कर तिर्न सक्ने गरी करको दायरा फराकिलो गर्नुपर्नेलगायतका विषयलाई नीति तथा कार्यक्रमा नसमेटिएको बताए । 

‘विकास बजेटलाई हटाएर भए पनि खोप किन्ने कुरा कार्यक्रममा समेटिनुपर्ने, तर त्यसलाई बेवास्ता गरियो । महामारीको यसवेला मतदाता र करतादाको कुराभन्दा महानगरवासीको कुरा थियो,’ उनले भनिन्, ‘करको दायरा फराकिलो गरी सबैले कर तिर्ने वातावण सिर्जना गरौँ । पान पसलेसम्मलाई करको दायरामा ल्याऔँ । त्यसका लागि कर घटाऔँ भन्दा त्यो कुरा पनि नीति तथा कार्यक्रममा आएन ।’ उनले आफ्ना माग सम्बोधन नगरिए भोलिको नगर सभा पनि बहिष्कार गर्ने बताइन् । महानगरमा उपमेयर खड्गी र १४ जना वडाध्यक्ष कांग्रेसबाट निर्वाचित छन् । 

उपमेयरसहित कांग्रेस जनप्रतिनिधिले सभा बहिष्कार गरे पनि प्रवक्ता ईश्वरमान डंगोलले भने आफूहरूलाई जानकारी नभएको बताए । मेयर विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डंगोलले भने, ‘उहाँहरूले सभा बहिष्कार गर्नुभएकोबारेमा हामीलाई जानकारी छैन । उहाँहरूको विशेष कार्यक्रम प¥यो होला, त्यही भएर उपस्थिति जनाउनुभएन ।’