१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार १ मंगलबार १८:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकी प्रदेशमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट सार्वजनिक 

Read Time : < 1 मिनेट
२०७८ असार १ मंगलबार १८:१७:००

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३० अर्ब तीन करोड ९४ लाखको बजेट मंगलबार सार्वजनिक गरेको छ । १३ अर्ब ६ करोड ४७ लाख चालूतर्फ र १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड वित्तीय व्यवस्थापनतर्फ बजेट विनियोजन गरिएको छ । यो चालू आर्थिक वर्षको भन्दा झन्डै चार अर्ब ५० करोड कम हो । 

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षका लागि चालूतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३ दशमलव ५ प्रतिशत विनियोजन गरेको जानकारी गराए । पुँजीगततर्फ १६ अर्ब ७३ करोड छुट्याइएको छ । यो कुल बजेटको ५५ दशमलव ७ प्रतिशत हो ।

गण्डकी प्रदेश सरकारले पूरा बजेटमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड पाएको छ । ससर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँड ७ अर्ब ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान छ ।

प्रदेशले ४ अर्ब ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्नेछ । यो वर्ष खर्च नहुने दुई अर्ब १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग दुई अर्बमध्ये आन्तरिक ऋण एक अर्ब र नेपाल सरकारबाट एक अर्ब ऋणबाट पूर्ति गरिने पोखरेलले बताए ।