प्रदेश १ सभामा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । आगामी आर्थिक वर्ष २०७८÷०८९ का लागि प्रदेश १ सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सोमनाथ अधिकार ‘प्यासी’ले बिहीबार दिउँसो प्रस्तुत गरेका हुन् ।
प्रस्तुत नीति कार्यक्रममा पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिएको कार्यक्रममा स्वास्थ्य , शिक्षा, रोजगार, समाजिक सुरक्षा र भौतिक निर्माणलाई विशेष जोड दिइएको छ । नीति कार्यक्रमले आगामी वर्ष निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, प्रदेश गौरवका आयोजनालाई प्राथकिता दिइने बताइएको छ ।
प्रस्तुत नीति कार्यक्रमउपर प्रदेश सरकारले संक्षिप्त कार्यविधि ऐनअनुसार छलफल गराएर १ असारमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछ । प्रदेश १ सभामा बुधबार एकै दिनमा आगामी वर्षका लागि प्रस्तुत हुने बजेटको प्राथमिकता र सिद्धान्तउपरको छलफल सकिएको थियो ।
सरकारले कोभिड महामारीको कारण देखाउँदै संक्षिप्त कार्यविधि अध्यादेश जारी गरेर ढिलो गरी बजेट अधिवेशन बोलाएर नीति कार्यक्रम र बजेट प्रस्तुत गरी पारित गराउने योजना बनाएको छ ।