१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ७ शुक्रबार
  • Thursday, 03 July, 2025
२o७८ जेठ ७ शुक्रबार o८:५६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जोखिम भत्ता नपाएपछि डाक्टरले पठाए मन्त्रीलाई पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ७ शुक्रबार o८:५६:oo

डोल्पाली जनताको मुटुको रूपमा रहेको जिल्ला अस्पतालमा हाल पाँचजना अस्थायी डाक्टर कार्यरत छन् । सामान्य सेवादेखि कोभिडका बिरामीसम्म उनीहरूले नै हेर्दै आएका छन् । 

जिल्ला अस्पताल डोल्पामा कार्यरत पाँचजना चिकित्सकको टोलीले प्रदेशका सामाजिक विकास मन्त्रीलाई सामूहिक पत्र लेखेका छन् । कोरोना महामारीको पहिलो लहरमै काम गरेको १० महिनाको कोरोना जोखिम भत्ता र ओभरटाइम भत्ता नपाएको भन्दै उनीहरूले भत्ता उपलब्ध गराइदिन कर्णाली प्रदेशका सामाजिक विकासमन्त्रीलाई पत्र लेखेका हुन् ।

उनीहरूले स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई समेत बोधार्थ दिएका छन् । ‘स्वास्थ्य सेवा ऐनअनुसार एक चिकित्सकले दिनमा ६ घन्टा मात्रै काममा खटिए पुग्छ, त्योभन्दा बढी समय काम गरे अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्छ, चिकित्सक अभावमा डोल्पाका चिकित्सकहरू २४सै घन्टा उपचारमा खटिनुपर्छ,’ डाक्टर मेलिना हमालले भनिन्, ‘आफ्नो ड्युटीबाहेकको दश महिनाबराबरको अतिरिक्त भत्ता पाएका छैनाैँ, त्यति मात्र नभई कोरोना कहरमा दिने भनिएको कोरोना जोखिम भत्ता अरू स्वास्थ्यकर्मीले पाए, तर डाक्टरले भने पाएनौँ, सबैभन्दा धेरै कोरोना बिरामीसँग हेलमेल गर्ने डाक्टरलेहरूले नै भत्ता नपाएपछि कसरी काम गर्न सकिन्छ ।’

भत्तामा विभेद भएपछि सामाजिक विकासमन्त्रीलाई पत्र लेख्न बाध्य भएको उनीहरूले बताएका छन् । माग सुनुवाइ नभए सेवा ठप्प पारेर आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका छन् । 

डोल्पाली जनताको मुटुको रूपमा रहेको जिल्ला अस्पतालमा हाल पाँचजना अस्थायी डाक्टर कार्यरत छन् । सामान्य सेवादेखि कोभिडका बिरामीसम्म उनीहरूले नै हेर्दै आएका छन् । जिल्ला अस्पतालमा एकजना पनि स्थायी डाक्टर छैनन् ।