१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हाटबजार बन्द भएपछि किसानको तरकारी बारीमै कुहिन थाल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:५४:oo

कोरोनाका कारण जिल्लाका हाटबजार बन्द भएपछि रौतहटका किसानले लगाएको तरकारी बारीमै कुहिने थालेको छ । स्थानीय प्रशासनले हाटबजार बन्द गरेको र गाउँमा तरकारी बेच्नसमेत समस्या भएपछि किसानको तरकारी बारीमै कुहिन थालेको हो । 

यसअघि जिल्लाका किसानहरूले आफूले उत्पादन गरेका तरकारी काठमाडौं उपत्यका तथा अन्य जिल्लाहरूमा बेच्ने गर्थे । तर, कोरोना कहर र निषेधाज्ञाका कारण सहज ढुवानी हुन नसक्दा किसानका उत्पादन बारीमै कुहिन थालेपछि उनीहरू मारमा परेकाछन् ।

निषेधाज्ञासँगै ती जिल्लाका बजारहरू बन्द रहेकाले तरकारीको माग पनि घटेकाले पहिला–पहिला घरमै आएर तरकारी लैजाने व्यापारीहरूले पनि नलगेको किसानहरूको भनाइ छ । जिल्लाका स्थानीय हाटबजारमा लगेर भए पनि तरकारी बेच्न नपाएपछि किसानहरू थप मार्कामा परेका चन्द्रपुर नगरपालिका १० की स्थानीय किसान मञ्जुदेवीको गुनासो छ ।

किसानको बारीमा अहिले काँक्रो, फर्सी, लौका, बोडी , करेला, खुर्सानी, भान्टा, टमाटर, सागलगायतका तरकारीहरू लटरम्मै फलेका छन् । गत वर्ष पनि यसै सिजनमा लकडाउन भएपछि जिल्लाका अधिकांश किसानहरूले उत्पादन गरेका तरकारीहरू बजारसम्म पुर्‍याउन नपाउँदा करोडौँ मूल्यबराबरको तरकारी बारीमै कुहिएर गएको थिए । गत वर्षको घाटाबाट अझै उठिनसकेको अवस्थामा फेरि कोरोना कहर र लकडाउनको मारमा पर्न थालेपछि किसानहरू अब के गर्ने भन्ने चिन्तामा पुगेका छन् । 

ad
ad