१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
रमेश रावल वीरेन्द्रनगर
Invalid date format १३:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१७ दिनपछि प्रकाश ज्वालाको स्पष्टीकरण : फ्लोर क्रस हाेइन, पार्टी निर्णय कार्यान्वयन गरेका हौँ

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १३:५२:oo

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले पार्टी नीतिअनुसार नै फ्लोर क्रस गरेको स्पष्टीकरण दिएका छन् । एक अपिल जारी गर्दै ज्वालाले फ्लोर क्रस नभएर पार्टीको निर्णयलाई कार्यान्वयन गरेको बताएका हुन् । 

पार्टी नीतिविपरीत काम गरेको आरोपमा नेकपा एमालेले कारबाही गरेका ज्वालाले पार्टीको निर्णयअनुसार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको बताएका हुन् । ‘कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले कुनै आधिकारिक निर्णय गरेको छैन,’ उनले भने, ‘वर्तमान सरकारको निरन्तरताकै लागि मतदान गरेको हो ।’

यो प्राविधिक र व्यक्तिगत विषय नभई राजनीतिक निर्णय भएको दाबी गरेका छन् । ‘केन्द्रदेखि स्थानीय तहसम्म समस्या बढाउँदै गुटगत रूपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न यस्तो कदम चाल्नुपरेको हो,’ उनले भने, ‘अन्याय सहन र आत्मसमर्पण गर्न कम्युनिस्ट पार्टी रोजेको हाेइन ।’

हिजो पार्टी रक्षात्मक अवस्थामा हुँदा जसले कर्णालीमा पार्टी संगठन निर्माण गर्न, बलियो बनाउन ज्यान हत्केलामा राखेर हिँड्यो उसलाई अहिले सरकारमा जाने नाममा तिनै कमजोर पार्नेहरूले कारबाहीको नाटक मञ्चन गरिरहेको उनले बताए ।

‘मुख्यमन्त्री शाहीलाई तीन वर्ष पहिले केन्द्रीय पार्टीले समर्थन गरेको थियो र अझै केन्द्र र प्रदेश कमिटीले आधिकारिक रूपमा समर्थन फिर्ता भनेको छैन भने कसरी फ्लोर क्रस मान्न सकिन्छ ?’ उनले भने, ‘यो त समर्थनको निरन्तरता मात्र हो ।’

वैशाख ३ गते कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको ज्वालाले १७ दिनपछि प्रस्टीकरण दिएका हुन् ।