मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १७ शुक्रबार ०६:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रियस्तरको अंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १७ शुक्रबार ०६:२६:००

कामना सेवा विकास बैंक लिमिटेडकोे ऋणपत्र केएसबिबिएल डिबेन्चर, २०७८ ले अन्तर्राष्ट्रियस्तरको परिचय अंक इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआइएन) प्राप्त गरेको छ । १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको डिबेन्चरले आइएसआइएन प्राप्त गरेको हो । 

विकास बैंकले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियमबमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरणसमेत गरिएको जनाएको छ । 

गत माघ २२ गते निष्कासन तथा बिक्री खुला गरिएको ऋणपत्रले वैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको जनाइएको छ । उक्त परिचय अंक अन्तर्राष्ट्रियस्तरमा ऋणपत्र, बन्ड, स्टक आदिजस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।