१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलले लैनचौरमा खेलमैदानसहितको हरित उद्यान निर्माण गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:o५:oo

एनसेल आजियाटा लिमिटेडले काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्ने भएको छ । कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत खेलमैदानसहितको हरित बनाउने उद्देश्यले काम सुरु गरेको हो ।

उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थानलगायतका विशेषताहरू रहने कम्पनीले जनाएको छ । ५४ हजार ९ सय २१ वर्ग फिट क्षेत्रफल रहेको उद्यान हालको लैनचौर मैदानमा बन्ने जनाइएको छ ।

एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलसँग हरित उद्यान निर्माण तथा संरक्षणका लागि सम्झौता गरिसकेको कम्पनीले जनाएको छ । सम्झौताअनुसार एनसेलले महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइनअनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरेहकोे जनाइएको छ । 

ग्राउन्ड क्लियरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको कम्पनीले जनाएको छ । परम्परागत ढुंगेधारा, उद्यानमा आउने मानिसका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था यस उद्यानका थप विशेषता रहेको एनसेलले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सामाजिक, आर्थिक विकासमा योगदान पु¥याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यावसायिक सामाजिक जिम्मेवारी पूरा गरेको बताए । यो पहलले समुदायमा स्वस्थ वातावरण निर्माण गर्दै वातावरण र पर्यावरणसम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पु¥याउने उनको भनाइ छ । 

ad
ad